पुनर्बीमा कम्पनीको आइपिओ आउँदै, गर्ने होइन त लगानी

५ बर्ष अगाडि

काठमाडौँ ।  नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आसाधारण सेयर बिक्री गर्ने भएको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले क्रेडिट रेटिङ गर्न लागेको कम्पनलिे जनाएको छ ।

रेटिङको काम सकेर यस वर्षभित्र साधारण शेयर बिक्री गर्न लागिएको कम्पनलिे जनाएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्नका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले नियुत्त गरिसकेको छ ।

पुनर्बीमामा सरकारको ४३.५५ प्रतिशत स्वामित्व रहेको छ । गत साउनमा सरकारले २ अर्ब ७५ करोड १७ लाख रुपैयाँ लगानी गरिसकेको छ । यस्तै बीमा कम्पनीहरुले १ अर्ब २६ करोड रुपैयाँ भुत्तानी गरिसकेका छन् ।

बाँकी  रहेको १ अर्ब ६० करोड रुपैयाँ सर्वसाधारणमा आईपीओ निष्कासन गरेर जुटाउने तयारी गरिएको हो ।

कम्पनीको पुँजी १० अर्ब रुपैयाँ रहेको छ । पुनर्बीमामा सर्वसाधारणको १६ प्रतिशत स्वामित्व रहेने गरी संरचना तयार पारिएको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब रुपैयाँ नाफा गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया