दशै र तिहारमा बैंक आठ दिन बन्द

५ बर्ष अगाडि

काठमाडौं– यसपटकको दशैमा पाँच दिन बैंक बन्द हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज ३० गते फुलपातीदेखि कातिक ३ गते एकादशीसम्म बैंक बिदा हुनेछ  ।

सरकारले यसपटकको विदामा कटौती गरेकाले बैंकहरुले पनि घट्स्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको विदा पाउने छैनन् । यसअघि यी दिनमा कर्मचारीले विदा पाउँदै आएका थिए । 

यता तिहारमा भने तीन दिन बैंक बन्द हुने भएको छ । कातिक २१ गते लक्ष्मी पुजा, २२ गते गोबद्र्धन पुजा र २३ गते भाइटिकाका दिन बैंक बन्द रहनेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया