अभिनेता राजेश हमालले अब नेपालीलाई करोडपति बनाउने

५ बर्ष अगाडि

  
अभिनेता राजेश हमालले नेपाली दर्शकलाई करोडपति बनाउने भएका छन् । 
अन्तराष्ट्रिय रुपमै लोकप्रियता हाँसिल गरेको बौद्धिक खेल कार्यक्रम ‘हूं वांट्स टू बी ए मिलियनेयर’को नेपाली संस्करणको रुपमा ‘को बन्छ करोडपति नेपाल’ नेपालमा प्रशारण हुन लागेको छ ।

 भारतमा लोकप्रियता हाँसिल गरेको प्रतियोगिता मुलक कार्यक्रम ‘कौन बनेगा करोडपति’ नेपालीहरु बीच पनि लोकप्रिय रहेकाले आफूहरुले यसलाई नेपालमा सञ्चालन गर्न लागेको हमालले बताए । 

बेलायतबाट सन् १९९८मा सुरु भएको विश्व प्रसिद्ध कार्यक्रम ‘हूं वांट्स टू बी ए मिलियनेयर’ अहिलेसम्म विश्वका १६१ देशबाट फ्रेन्चाईजको रुपमा निर्माण भएका छन् । 
प्रतियोगिताको नेपाली संंस्करणको रुपमा केविसी नेपाल (को बन्छ करोड पति नेपाल) आउँदो मंसिरको पहिलो साताबाट एचडी च्यानल एपी वान टेलिभिजन मार्फत प्रशारण हुँदैछ । कार्यक्रम राजेश हमालले सञ्चालन गर्ने छन् । 
बिहिबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा अभिनेता हमालले भने, ‘अन्तराष्ट्रिय रुपमैं लोकप्रियता हाँसिल गरेको कार्यक्रमको सञ्चालक बन्न पाउँदा खुसी लागेको छ । को बन्छ करोडपतिले यसमा सहभागी हुने नेपालीहरुलाई बौद्धिकसँगै आर्थिक रुपमा पनि धेरै हदसम्म सबल बनाउने छ ।’ शिक्षासँग जोडिएको एउटा बौद्धिक कार्यक्रम भएकाले पनि यो कार्यक्रम सञ्चालन गर्न पाउँदा आफुलाई खुसी लागेको उनले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया