आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार नयाँ नोट साट्न पाइने

५ बर्ष अगाडि

काठमाडौं –नेपाल राष्ट्र बैंकले आइतबारदेखि दसैंंका लागि नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिएको बताए ।


‘२१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुन्छ,’ प्रवक्ता पौडेलले बताए । राष्ट्र बैंकले विभिन्न २१ स्थानबाट नयाँ नोट सटही गर्दै छ । राष्ट्र बैंकले आफूले बाहेक वाणिज्य बैंकहरूलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । गत वर्ष पनि वाणिज्य बैंकहरूले नयाँ नोट सटही गरेका थिए । राष्ट्र बैंकले १२ असोजबाटै वाणिज्य बैंकलाई नयाँ नोट उपलब्ध गराएको थियो । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले पनि नयाँ नोट सटही गर्न सक्ने प्रवक्ता पौडेलले बताए ।  राजधानी दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया