ओपोद्वारा नेपाली चाड वडा दशैँ र तिहार लक्षित ‘बेष्टदशैँ गिफ्ट’ क्याम्पेन २०१८को घोषणा

५ बर्ष अगाडि


असोज २१, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपाली महान चाड वडा दशैँ र तिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेको छ । ओपो ब्राण्डका कुनै पनि फोनको खरिद गरी उपभोक्ताले ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनमा सहभागिता जनाइ आकर्षक उपहार जित्न सक्छन् । उपभोक्तालाई फोनको खरिदमाएक थान ‘लक्कि ड्र’कुपन उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यसरी प्रदान गरिएका कुपनको अर्धकट्टी संकलन गरी दूई पटक गोलाप्रथाको आयोजना गर्ने र छनोटमा परेका भाग्यशाली विजेतालाई आकर्षक उपहार प्रदानगरिने छ । 

 

‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानिय करणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रा लागि विशेष प्राथमिकता बोकेको बजार हो ।यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादगीवास्तवमै प्रेरणादायी छ । स्थानियमहान चाड वडा दशैँ र तिहार आदर्णिय उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथहामीले ‘बेष्ट दशैँ गिफ्ट’क्याम्पेनको घोषणा गरेका छौँ ।’, ओपो नेपालका प्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने ।

क्याम्पेन अवधिभर ओपो मोबाइल खरिद गरी उपभोक्ता यस उपहार योजनामा सहभागीता जनाउन सक्छन् । फोनको खरिदमा उपभोक्तालाई लक्कि ड्र कुपनउपलब्ध गराइने छ । यसको आधारमादूई ओटा लक्कि ड्र (गोलाप्रथा)को आयोजना गरी विजेताहरुको छनोट गरिने कम्पनीले जानकारी दिएको छ । पहिलो गोलाप्रथा नोवेम्बर ५ मा आयोजना गरिने छ भने दोस्रोको आयोजना डिसेम्बर ५ मा हुनेकम्पनीले जानकारी दिएको छ । क्याम्पेन अन्तर्गत उपभोक्ताले पहिलो पुरस्कारका रुपमा सिंगापुर ट्रिप, दोस्रो ओपो एफनाइन, तेस्रो ३२ ईञ्च एलइडी टीभी, चौँथौँ वुफर र पाँचौँ पुरस्कारका रुपमा ओपो ब्यागजित्न सक्नेछन् । साथै, सहभागी मध्यतीन भाग्यशाली उपभोक्ताले ओपो नेपाल आयडल –२ ग्राण्ड फिनालेका लागि पास पनि जित्न सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया