दाङमा  गजराज सिमेन्ट उत्पादन

५ बर्ष अगाडि

दाङमा अर्को सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको छ । यसअघि दाङको घोराहीबाट सगरमाथा सिमेन्ट र दूधरासबाट सोनापुर सिमेन्ट उत्पादन हँुदै आएको थियो भने अहिले लमहीबाट गजराज सिमेन्ट उत्पादन शुरु भएको छ । 

लमही नगरपालका थालेको उद्योगका प्रबन्ध निर्देशक वासु पाण्डेले जानकारी दिनुभयो । उत्पादन आसपासका नागरिकको स्वास्थ्यलाई कुनै असर नपर्ने गरी उद्योग सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । 

दैनिक एक हजार ८०० टन सिमेन्ट उत्पादन क्षमता भएको उद्योग स्थापना गर्न रु एक अर्ब ६० करोडको लगानी रहेको पाण्डेले बताउनुभयो । उद्योगले दाङको काभ्रे, लोहरपानी, स्यूजा, रोल्पाको डुब्रिङ र प्यूठानको रम्दीबाट चुनढुङ्गा ल्याउने गरेको छ । यस्तै उद्योगले क्लिङ्गर तत्कालका लागि सोनापुर सिमेन्ट उद्योग र भारतबाट ल्याउने गरेको पाण्डेले जानकारी दिनुभयो । 

सिमेन्ट उद्योगले गजराज र सम्राट ब्राण्डका पिपिसी र ओपिसी सिमेन्ट उत्पादन गर्ने उद्योग प्रशासनले जनाएको छ । जर्मन प्रविधिको मेसिनले सिमेन्ट उत्पादन थालेको उहाँको भनाइ छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया