आजबाट देशभर ‘छक्का पञ्जा ३’, मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो

५ बर्ष अगाडि

काठमाडौं – यो बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ आजबाट प्रदर्शनमा आएको छ । दशैंको छेको पारेर यो चलचित्र आज घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको हो । 
‘छक्का पन्जा’ सिरिजका दुई चलचित्रको सफलता पछि अहिले ‘छक्का पन्जा ३’ ल्याइएको हो । अघिल्ला दुई श्रृंखलाले बक्सअफिसमा सर्वाधिक ब्यवसायको रेकर्ड बनाएका थिए ।
‘छक्का पञ्जा ३’ले पनि रेकर्ड बनाउने निर्माण युनिटले दाबी गरेको छ । रिलिजका लागि आज सर्वाधिक हल पाएको यो चलचित्रले मल्टिप्लेक्समा समेत अत्याधिक सोज पाएको छ । सबैभन्दा ठूलो क्युएफएक्स च्यानलमा मात्र चलचित्रको लागि ३० सोज दिइएको छ । 
चलचित्रको केही दिन पहिले बुकिङ खुल्ला गरिएको थियो । मुकिङमा पनि सबै टिकट बिक्रि भएका छन् । आक्रामक बुकिङ र सर्वाधिक हल पाएका कारण चलचित्रको उपनिङ ब्यवसाय राम्रो हुन्ने देखिएको छ । ‘छक्का पञ्जा ३’ यो बर्षकै धेरै ब्यवसाय गर्ने चलचित्र हुने धेरैको अनुमान छ । 

चलचित्र दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल,दीपिका प्रसाईलगायतको मुख्य भुमिका रहेको छ, भने अतिथि भुमिकामा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत लगायत रहेका छन् । 
बिषयबस्तु पनि राम्रो उठाएको कारण यस पटक चलचित्र दर्शकले अत्याधिक रुचाउने निर्देशक दीपाले बताइन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया