वाइफाईसँग जोडिएका समस्यालाई यसरी सुल्झाउनुहोस्

५ बर्ष अगाडि

दैनिक जीवनमा हामीलाई बिजुली बत्ती र पानीजति आवश्यक पर्छ त्यति वाइफाइको आवश्यकता पर्छ । धेरैजसो इन्टरनेट सर्भिस प्रोभाइडर्स बेसिक मोडेम राउटर दिन्छन् जसका कारण घरको धेरैजसो कुनामा वाइफाइको सिग्नल आउँदैन ।

१. उचित स्थानको छनोट गर्नुहोस्ः

वाइफाइको कभरेज सुधार्ने यो सबैभन्दा महत्वपूर्ण तरिका हो । धेरैजसो प्रयोगकर्ताले राउटरलाई आफ्नो घरको कुनामा वा झ्याल नजिक राख्ने गर्दछन् । यसले घरमा तारको जाल त बन्दैन तर यसो गर्दा तपाईंको वाइफाईको रेन्ज सिमित हुन्छ किनभने वाइफाई सिग्नm ओमनी डिरेक्सनमा फैलिने गर्दछ । त्यसकारण राउटरलाई राख्ने सबैभन्दा राम्रो तरिका घरको सेन्टर पोइन्ट हो । यसोगर्दा तपाईंले आफ्नो घरको प्रत्येक कुनामा वाइफाईको सिग्नल राम्रो हुनेछ । राउटरलाई अन्य डिभाइस जस्तै कर्डलेस फोन बेस स्टेशन, अर्का राउटर, प्रिन्टर्स र माइक्रोवेव ओभनबाट टाढा राख्नुहोस् ।

२. गेस्ट नेटवर्क अन गर्नुहोस्ः

जब तपाईं आफ्नो घरमा साथीहरु वा अन्य मानिसहरु पार्टीका लागि आएका बेला तपाईंलाई उनीहरुसँग आफ्नो प्राइमरी वाइफाइ पासवर्ड शेयर गर्न चाहनुहुन्न । यसका लागि सबैभन्दा राम्रो तरिका तपाईं आफ्नो राउटरमा गेस्ट नेटवर्कलाई इनेबल गरेर त्यसको छुट्टै पासवर्ड राख्नुहोस् । यसका लागि तपाईंले आफ्नो राउटरको एडमिन सेटिङमा जानुपर्छ । त्यहाँ तपाईंले वायरलेस ट्याबमा गेस्ट नेटवर्कको अप्सन पाउनुहुन्छ । त्यहाँ तपाईं नेटवर्कको नाम परिवर्तन गरेर पासवर्ड सेट गर्न सक्नुहुन्छ । यसका साथै तपार्ईं यहाँ नेटवर्कमा कनेक्ट हुने प्रयोगकर्ताको संख्या छान्न पनि सक्नुहुन्छ । केही राउटरमा तपाईंले यो अप्सन पनि पाउनुहुन्छ । त्यसपछि जब साथीहरु तपाईंको घरबाट बाहिरिन्छन् तब गेस्ट नेटवर्कलाई बन्द गरेर तपाईं होम वाइफाईलाई पुनः सुरु गर्न सक्नुहुन्छ ।

३. रिपिटर्स– राम्रो रेन्जको लागिः

थुप्रै पटक इन्टरनेट सेवा प्रदायक कम्पनीले जुन राउटर दिन्छन् त्यसले कतिपय अवस्थामा पूरा घरमा वाइफाइको नेटवर्क पुर्याउन सक्दैन । यसका लागि तपाईं आफूसँग भएको राउटरलाई धेरै शक्तिशाली राउटरसँग साट्न सक्नुहुन्छ वा सबैभन्दा सस्तो उपाय – रिपिटरको प्रयोग गर्न सक्नुहुन्छ । यो डिभाइसले तपाईंको राउटरबाट वाइफाइको सिग्नलदेखि त्यसको कभरेज एरियालाई बढाउनेछ । रिपिटरसँग कनेक्ट हुनका लागि डब्लूपीएस सबैभन्दा सजिलो तरिका हो । यसका लागि तपाईंले आफ्नो राउटरलाई डब्लूपीएसलाई इनेबल गर्नुका साथै रिपिटरको डब्लूपिएस बटनलाई अन गर्नुपर्ने हुन्छ ।

४. वाइफाईको पासवर्ड परिवर्तन गरिरहनुहोस्ः

के तपाईंले आफ्नो वाइफाइको पासवर्ड परिवर्त गर्नुभएको छ रु धेरैजसो प्रयोगकर्ता पहिलो पटक वाइफाई इन्स्टल गरेपछि पासवर्ड परिवर्तन गर्दैनन् । तपाईं थुप्रै पटक आवश्यक पर्दा आफ्नो पासवर्डलाई साथीभाइ र छिमेकीलाई पनि दिनुहुन्छ होला । यसको यो अर्थ हुन्छ कि तपाईंको अनुमती बिना तपाईंका साथीभाइ र छिमेकीले तपाईंको वाइफाइ प्रयोग गरिरहेका हुन्छन् । त्यसकारण यसबाट बच्ने सजिलो उपाय भनेको हरेक ६ महिनामा पासवर्ड परिवर्तन गर्नु हो ।

५. रिबूट गरिरहनुस्ः

हुन त राउटरलाई सधैं काम गरिरहनका लागि बनाइएको हो तर कहिलेकाँही तपाईं यसलाई रिबुट (रिस्टार्ट) पनि गर्न सक्नुहुन्छ । ध्यानमा राख्नुहोस्, रिबुट गर्नुहोस्, रिसेट होइन । सबैभन्दा राम्रो तरिका यो हुन्छ कि तपाईं राउटरलाई अफ गरेर केही बेरपछि अन गर्नुहोस् । थुप्रै पटक कनेक्टिभिटीमा समस्या आउँदा यो तरिकाले काम गर्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया