अभिनेत्री दिशाले छोडिन् अक्षय कुमारको ‘मंगलयान’

५ बर्ष अगाडि

एजेन्सी– प्राय पछिल्लो समयमा बलिउडमा चर्चामा आउँदै गरेका कुनै पनि कलाकारहरुले आफ्नो भविष्यलाई लिएर निकै सतर्कता अपनाउन थालेका छन् । अहिलेको समयमा आफ्नो फोशुटको कारण चर्चामा आईरहेकी अभिनेत्री दिशा पटानी पनि ‘बागी २’ फिल्मको सफलता पछि आफ्नो बाँकी करियरप्रति निकै सतर्कता अपनाउँदै आएकी छन् ।

भर्खरै मात्र निर्देशक आर बाल्कीको आगामी फिल्म ‘मंगलयान’मा दिशा छनौट भएकी थिइन्, तर समाचारमा आए अनुसार उनले यो फिल्मबाछ हात झिकेकी छन् । तर सुरुमा यो फिल्मको लागि दिशालाई अफर आउँदा उनि निकै खुसी भएको कुरा पनि विभिन्न समाचार माध्यमहरुमा आएको थियो ।
यस्तो अवस्थामा न्यु बलिउड गर्ल दिशाले किन फिल्म गर्नबाट पछि हटिन् भन्ने प्रश्न छाउन थालेको छ ।

किन छोडिन् फिल्म ?

बलिउडमा अहिलेसम्म यस्तो हुन्थ्यो कि नयाँ कलाकारहरुले आफुभन्दा स्थापित स्टार्सहरुसँग काम गर्ने मौका पाउँदा कुनै पनि हालतमा फिल्म छोड्न मान्दैनथे । तर अहिले यो कुरा पुरानो भइसकेको छ । समाचारमा आएअनुसार दिशाले यो फिल्ममा उनको अलवा अन्य तीन फिमेल कलाकारहरुको पनि मुख्य भुमिका रहेको थाहा पाएपछि फिल्मबाट हात झिकेकी हुन् ।
जानकारीमा आए अनुसार दिशाले धेरै लामो समयसम्म सोँचबिचार गरेर मात्रै फिल्मबाट हात झिकेकी हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया