के तपाईंको बाइकले धेरै पेट्रोल खान्छ ? हो भने अपनाउनुस् यी तरिका, बढ्नेछ माइलेज

५ बर्ष अगाडि

नेपालमा बाइक र स्कुटर चलाउनेहरुको संख्यामा तीव्र वृद्धि भइरहेको छ । यस्तो अवस्थामा देशमा मात्र नभई पूरा संसारभरी इन्धनको समस्या लगातार बढिरहेको छ । दिन प्रतिदिन पेट्रोल डिजेलको मूल्यको चर्को बढोत्तरी पनि भइरहेको छ । तपाईंको पैसा धेरैजसो पेट्रोलमा खर्च नहोस् भन्नका लागि आज हामी तपाईंलाई केही तरिका बताउँदै छौं ।

बाइक चलाउने समयमा हामीले यस्ता थुप्रै गल्ती गर्छौं जसबारे हामीलाई थाहा हुँदैन । यसले बाइकको माइलेजमा नकारात्मक असर पुर्याइरहेको हुन्छ । यस्तो अवस्थामा तपाईंको बाइक कम्पनीले तोकेको माइलेजसँग म्याच गर्दैन । अटोमोबाइल एक्सपर्ट अंकित जोशीले यसबाट छुटकारा पाउनका लागि सजिलो तरिका बताएका छन् ।

१. आफ्नो दुई पाङ्ग्र सवारीसाधनलाई एउटै गतीमा चलाउने कोसिस गर्नुहोस् । स्पिडलाई मेन्टेनमा राखे बाइकको माइलेज बढ्ने गर्दछ ।

२. बाइकलाई चलाउने बेला क्लचलाई नथिचिरहनुहोस् । यस्तो गर्दा माइलेजमा कमी आउँछ । क्लचलाई आवश्यक पर्दा मात्र दबाउनु भए यसले बाइकको माइलेजमा फरक पार्नेछ ।

३. ४ स्ट्रोक इन्जिनका लागि, बाइकको चोक र सेल्फ स्टार्टको स्विच अन गर्नुहोस् । त्यसपछि एक्सलेरेसन बिना नै बाइकलाई १० देखि १५ सेकेन्डका लागि छोडिदिनुहोस्, यसले फ्युललाई इन्जिनसम्म पुग्नका लागि समय मिल्छ ।

४. बाइक चलाउने बेला बाइकलाई टप गियरबाट अचानक लोअर गियरमा नझार्नुहोस् । यसले फ्युल इफिसियन्सी कम हुन्छ । शहरमा बाइक चलाउँदा बिना कारण ब्रेक र क्लचको प्रयोग नगर्नुहोस् ।

५. बाइक चलाउने बेला ब्रेक पेडललाई दबाएर नराख्नुहोस् ।

६. यदि तपाईं ट्राफिक सिग्नलमा रोकिनुभएको छ र रेडलाइट ३० सेकेन्ड भन्दा बढि लाग्यो भने गाडीको इन्जिन अफ गर्नुहोस् । धेरैजसो हामी सोच्छौं कि यसले धेरै फरक पार्दैन तर यसले माइलेजमा ठूलै असर पार्दछ ।

७. आफ्नो दुई पाङ्ग्रेको क्षमता बढाउनका लागि लगातार इन्जिन ओयल परिवर्तन गरिरहनुहोस् । साथै, सर्भिसिङ पनि समयमा नै गराउनुहोस् ।

५ बर्ष अगाडि

प्रतिक्रिया