हात गुमाए पनि स्वाभिवान नगुमाएका कृषक

५ बर्ष अगाडि

 युवाअवस्थामै दुर्घटनाका क्रममा आफ्ना दुबै हात गुमाएपनि चीनियाँ कृषक चीन जिङयिन सामान्य जीवनयापन गर्दै समाजमा उदाहरणीय बनेका छन् । ४८ वर्षका चीन अधिकांश काम आफ्नो मुख र खुट्टाको सहाराले गर्छन् । त्यतिमात्रै होइन उनले आफ्नी ९१ वर्षिया वृद्ध आमाको समेत स्याहार गर्दै आएका छन् ।

 

armless2

armless

चोङक्विङ शहरका जिङयिनको स्वाभिमानी कथाले पछिल्लो समय चीनमा निकै चर्चा बटुलेको छ । अहिले उनी पत्रपत्रिकाको हेडलाईन्स बनेका छन् । भन्छन्–‘मैलेँ हात गुमाएपनि मेरा पैताला बाँकी छन् । मलाई रेलवे स्टेशनमा बसेर माग्न मन छैन् । यो थाहा हुदाँहुदैँ कि मैलेँ परिश्रम गरेर जति कमाउँछु त्योभन्दा धेरै मागेर कमाउन सकिन्छ ।’ उनी बाँच्नका लागि पैसा कमाउन चाहन्छन् र कमाएको पैसाबाट आफ्नी वृद्ध आमाको हेरचाह गर्न ।

केवल ७ वर्षको छदाँ विद्युतिय दुर्घटनामा उनले दुबै हात गुमाए । उनी १४ वर्षको छदाँ परिवारका दुई दिदीको विवाह भयो । २२ वर्षको छदाँ उनका बाबु र जेठा दाईको निधन भयो । त्यसपछि सबै जिम्मेवारी चीनको काँधमा आइप¥यो । त्यसपछि उनले आफैँ खाना बनाउने, खेती गर्ने र अन्य घरायसी काम गर्ने बानी थाले । दुबै हात नभएका चीनले खुट्टा र मुखलाई प्रयोगमा ल्याए । उनी रुख काट्ने र आगो झोस्ने काम समेत आफैँ गर्छन् । सुंगुर र कुखुराका चल्ला हुर्काउछन् । उनले २० वटा त बाख्रामात्रै पालेका छन् ।

बिरामी छिन् आमा

चीनकी आमा पछिल्लो समय धेरै बिरामी छिन् । उनले बिरामी आमालाई दिनमा तीनपटक औषधि खुवाउँछन् र आमाका लागि खाना तयार पारिदिन्छन् । आफ्नी दिदी सहयोगका लागि अघि सरेपनि उनी आफैँ एक्लै काम गर्न चाहन्छन् । उनको काम देखेर छिमेकीहरु छक्क छन् । उनले आफ्ना अन्धा साथिसँग मिलेर पछिल्लो दशक १० हजार रुख रोपिसकेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया