मुटुबारे रोचक तथ्य : सातामा तीन पटक सहबासले हुन्छ चमत्कार

५ बर्ष अगाडि

-सातामा तीन पटक स्वस्थकर यौन सम्बन्धले हार्ट अटयाकको सम्भावना ५० प्रतिशतसम्म कम हुने दाबी गरिन्छ । 
-यौनक्रियाका बेला हार्ट अटयाक हुनु धेरै दुर्लभ स्थिति हो । यस्तो बेला हार्ट अटयाक भएमध्ये ७५ प्रतिशत केसमा सम्बन्धित पुरुषहरू परस्त्रीगमन गरिरहेका थिए ।
-विदेशतिर सोमबार सबैभन्दा बढी हार्ट अटयाक हुने गरेको छ । यसको कारण साप्ताहिक बिदा (आइतबार) पछि काममा जानुपर्नाले हुने तनाव हो । 
-धूमपान गर्नेहरूमा हार्ट अटयाकको खतरा २०० देखि ४०० प्रतिशतसम्म बढ्छ । 
-हाम्रो मुटुले हरेक मिनट करिब साढे पाँच लिटरजति रगत पम्प गर्छ । सम्पूर्ण जीवनकालमा मुटुले करिब सयवटा ठूला स्विमिङ पुल भरिने जति रगत पम्प गर्छ । 
-मुटुले रगतलाई पम्प गर्दा यसको दबाबले रगत ३० मिटरको उचाइसम्म पुग्न सक्छ ।
-कान्तिपुर दैनिकबाट

५ बर्ष अगाडि

प्रतिक्रिया