‘जय भोले’ हेर्न पुगे बाबुराम र हिसिला

५ बर्ष अगाडि


काठमाडौं – अशोक शर्माले १२ वर्षपछि निर्माण निर्देशन गरेको चलचित्र  ‘जय भोले’ नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीले हेरेका छन् । 

दुबैले शनिबार काठमाडौं सुनधारास्थित सिभिल मलमा  पुगेर चलचित्र ‘जय भोले’ हेरेका हुन् । पहिलो सातामा राम्रो व्यवसाय गर्न सफल यो चलचित्र अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ ।
चलचित्र हेरेपछि डा. भट्टराईले ‘जय भोले’ अपत्यारिलो चलचित्र भएको बताए । 

‘मैले धेरै अपेक्षा बोकेर चलचित्र हेर्न आएको थिइनँ’ उनले भने ‘पूरै हेर्दा चलचित्र राम्रो लाग्यो ।’ ‘जय भोले’ एउटा सामाजिक मनोरञ्जनात्मक चलचित्र रहेको उनले सुनाए ।

भट्टराई पत्नी यमीले भने नेपाली चलचित्रको स्तर वृद्धि भएकोमा खुसी व्यक्त गरिन् । ‘मेकिङ, कथावस्तु, कलाकारको अभिनयमा पहिले भन्दा अहिले धेरै परिवर्तन भएको रहेछ ’ उनले भनिन् ।

प्रदर्शनको पहिलो साता ३ करोड ग्रस कलेक्सन गरेको यो चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्दि तामाङ्ग, सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया