अवेरनेस इन्टरनेसनल स्कुलले फेरी ल्यायो देश चिनाउने देउसी गीत (भिडियोसहित)

५ बर्ष अगाडि

काठमाडौं – केही समयअघि स्कुल परिवारले तयार पारेको ह्रस्व दीर्घका नियम सिकाउने गीत सार्वजनिक गरेर चर्चामा आएको अवेरनेस इन्टरनेसनल स्कुल (एआईए) ले फेरी अर्को नयाँ देश चिनाउने देउसी गीत सार्वजनिक गरेको छ। विद्यालयकै शिक्षक र विद्यार्थीले अभिनय गरेको देश चिनाउने देउसी गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ।गीतमा सामाजिक विषयको शिक्षण सामाग्रीको रुपमा प्रस्तुत गर्दै सात प्रदेश, प्रदेश राजधानी, स्थानीय तहको संख्या, मुख्यमन्त्रीको नाम र प्रदेशका प्रसिद्ध क्षेत्रलाई समेटिएको छ।

गीतमा शिक्षक खगेश्वर, कृष्णप्रसादसँगै विद्यार्थीको श्वर र राजकुमार घिमिरेको संगीत रहेको छ । गीतका शब्द सिर्जना स्कुलकै शिक्षक बिमल घिमिरे, खगेश्वर गिरी र कृष्णप्रसाद गैरेले गरेका हुन् । गीतको छायांकन विद्यालय परिसरमै प्रविन तामाङले गरेका हुन् भने सम्पादनमा समेत उनकै मिहिनत देखिन्छ । अभियन गर्दा विद्यार्थी विद्यालय पोशाकमै सजिएका छन् । 
हेर्नुहोस् भिडियोमा:

५ बर्ष अगाडि

प्रतिक्रिया