चैत ६ बाट सुरु हुँदै ‘दि भ्वाइस अफ नेपाल सिजन-३’

३ बर्ष अगाडि

काठमाडौं - चर्चित सिङगिङ रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन-३’ फेरी सुरु हुने भएको छ । ‘दि भ्वाइस अफ नेपाल सिजन-३’ चैत ६ गतेबाट प्रशारण हुन लागेको हो । 

नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो ।

 ‘दि भ्वाइस अफ नेपाल सिजन-३’ हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट उक्त सो प्रशारण हुने बताइएको छ । यो पटक कोचमा एकजना परिवर्तन भएको छ । तृष्णा गुरुङलाई दर्शकले यो पटक नयाँ कोचका रुपमा देख्ने छन् । 

आस्था राउतको ठाउँमा गुरुङ प्रवेश गरेकी हुन् । अन्य तीन कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा रहेका छन् ।  

३ बर्ष अगाडि

प्रतिक्रिया