टेलिकमले लाभांश पारित गर्न बोलायो साधारण सभा

३ बर्ष अगाडि

काठमाडौं - नेपाल दूरसञ्चार कम्पनी लिमिटेड टेलिकमले साधारण सभा बोलाएको छ । टेलिकमले प्रस्तावित लाभांश पारित गराउन चैत १३ गते शुक्रबार १३औं वार्षिक साधारण सभा बोलाएको हो । 

फागुन १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकल गत आवको मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश पारित गर्न साधारण सभा गर्ने निर्णय भएको छ । 

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ। अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १२ सय रुपैयाँ हाराहारीमा रहेको छ। कम्पनीका नयाँ शेधयरनीहरुले ४० रुपैयाँ लाभांश पाउनका लागि एक हजार दुई सय रुपैयाँ लगानी गर्नुपर्ने अवस्था रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीको फागुन २८ गते शुक्रबारदेखि शेयर दाखिल खारेजको काम बन्द गर्ने भएको छ। जस अनुसार फागुन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा नगद लाभांश पाउनेछन्। फागुन २७ गते बिहीबार शिवरात्रीको सार्वजनिक बिदा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया