ताप्लेजुङको दोभान बजारमा आगलागी : १ अर्ब क्षतिको अनुमान, गृह मन्त्रालयद्वारा प्रतिपरिवार ५ लाख सहयोग

३ बर्ष अगाडि

काठमाडौं - गृह मन्त्री रामबहादुर थापा बादलले ताप्लेजुङका आगलागी पीडितहरुलाई प्रति परिवार पाँचलाख दिने बताएका छन ।

बुधबार गृह मन्त्रालयमा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीलाई कार्यविधि सम्सोधन गरेर हिमाली भेगमा दिईने आवास निर्माणको लागि भुकम्प पीडित तथा बाढी पीडित सो सरह पाँच लाख प्रतिपरिवार दिने बताएका हुन ।

मन्त्री थापाले आगलागी पीडितको लागि तत्काल प्रतिपरिवार १५ हजार, ८० बटा कम्बल र ५० वटा टेन्ड दिने बताएका छन् । ज्ञापन पत्र बुझाउन गएका पूर्व मन्त्री भट्टराईले पुन स्थापनाको लागि भुकम्प पीडित सरह राहत उपलब्ध गराउने कुरामा विशेष जोड दिन आग्रह गरेका थिए ।

उनले सोलुखुम्बुको मोडलमा खानेपानी तथा दमकलको समेत काम हुने गरी पानी ट्याङ्कीको ब्यवस्था, पीडितहरुलाई मर्का नपर्ने गरी ब्यवस्था गरिदिन गृह मन्त्री थापासँग माग गरेका थिए ।

यता काठमाडौमा रहेका ताप्लेजुङबासीहरुबाट आर्थिक संकलन गर्न पूर्व मन्त्री योगेश भट्टराईको संयोजकत्वमा एक समिति निर्माण गरेको छ सो समितिको सह—संयोजकमा पूर्व संविधान सभा सदस्य पासाङ शेर्पा र प्रदेशसभा सदस्य टंक आङबुहाङ रहुन भएको छ । 

सदस्यमा क्रमश चित्रगुप्त साँवा, डम्बरबहादुर तुम्वाहाम्फे, टंक श्रेष्ठ, रमेश बराल, बलबहादुर तामाङ, युवराज गुरुङ, तारादेवि श्रेङ, अग्नी पौडेल, नन्दु बनेम, पदमजंग आङवुहाङ रहेको छन । 

पूर्वमन्त्री भट्टराईले ५ लाख र प्रदेशसभा सदस्य आङबुहाङ ३ लाख रकम दिएर आर्थिक संकलन शुरु गरेको बताएका छन ।

मंगलवार ताप्लेजुृङको मेरिङदेन ३ दोभान स्थित सदरमुकाम फुङ्लिङपछि जिल्लाकै दोस्रो ठूलो बजारका रूपमा रहेको दोभान बजारमा मंगलबार भएको आगलागीबाट ३३ घरधनीका ५० घर जलेको तथा डेरा बस्ने ३० परिवारसहित जम्मा ६३ परिवारको धनसम्पत्ति जलेर नष्ट भएको छ ।

आगलागीबाटा एक अर्बबराबरको क्षति भएको प्रारम्भिक रिपोर्ट आएको छ । तर, क्षतिको यकिन विवरण भने आइसकेको छैन । बुधबारदेखि मात्र क्षतिको विवरण संकलन गर्न सुरु गरिएको मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिएका छन् । 

आगलागीबाट करिब एक अर्ब रुपैयाँबराबरको क्षति हुन सक्ने अनुमान गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सदस्यसमेत रहेका ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिए ।  

३ बर्ष अगाडि

प्रतिक्रिया