यस्ताे बेला महिलाले किन निकाल्छन् अावाज ?

५ बर्ष अगाडि

महिलाहरु सम्भोगका बेला विशेष खालको आवाज निकाल्छन् । किन निकाल्छन् त आवाज रु यसबारे धेरै अनुसन्धानहरु भएका छन् ।

तर, वैज्ञानीक तथ्य हालसम्म आउन सकेको छैन । केही अनुसन्धानले आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् । केही अनुसन्धानले आनन्दको अभिव्यक्ति वा मनोरञ्जन रहेको पनि देखाएका छन् ।

केही अनुसन्धानले सेक्सका बेला महिला अचेत अवस्थामा पुग्ने भएकाले आवाज निकाल्नु सामान्य हुने देखाएको छ । यसबारेमा भएको पछिल्लो अनुसन्धानको नतिजाको निस्कर्ष पनि फरक खालको छैन ।
अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैंडीले अनुसन्धान गरेका थिए ।

सो अनुसन्धानमा सेक्समा सक्रिय १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सहभागी गराइएको थियो ।

उनीहरुले सहभागी महिलालाई ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ रु’ भनी प्रश्न गरेका थिए । अधिकांश महिलाले सेक्समा आवाज निकाल्नु बहानामात्र भएको बताएका थिए । कसैले पनि यसलाई यौन अर्गाज्मको रुपमा जवाफ नदिएको अनुसन्धानकर्ताहरुको भनाई छ ।

केही महिलाले सेक्सका बेला एस, मोर प्लिज, स्टप, गो, लभ युलगायतका शब्द उच्चारण गर्ने गरेको सो अनुसन्धानले देखाएको छ । पुरुषहरुले पनि सेक्सका बेला आवाज निकाल्ने सो अनुसन्धानले देखाएको छ ।

अनुसन्धानमा सहभागी ६६ प्रतिशत महिलाले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । केही महिलाले पुरुषको आत्मबल बढाउन आवाज निकाल्ने गरेको बताएका थिए । आवाज हेट्रोसेक्सुअल महिलाले बढी निकाल्ने गरेको अनुसन्धानले देखाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया