स्थानीयबासीलाई नबेची सर्वासधारणलाई शेयर बेच्दै रसुवागढी र साञ्जेन

५ बर्ष अगाडि

काठमाडौं – साधारण शेयरमा सोचजेति लगानीकर्ता नआउने भएपनि रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनलिे स्थानीयबासीलाई शेयर बिक्री नगरीकन सर्वसाधारणलाई शेयर बिक्री गर्ने तयारी गरेका छन् ।

रसुवाका जनताले आफूहरु भूकम्पका कारण पीडित भएको, घर बनाउन समेत पैसा नभएको र तत्काल रु एक अर्ब बढीको शेयरमा लगानी गर्न नस्क्ने भन्दै आयोजनालाई जानकारी गराएपछि ती दुई कम्पनीले दोस्रो चरणमा स्थानीयलाई शेयर बिक्री गर्न छाडेर सर्वसाधारणलाइृ शेयर बिक्री गर्ने तयारी गरेको हो ।

सर्वसाधारणलाई दोस्रो चरणमा शेयर बिक्री गर्ने जानकारी नेपाल धितोपत्र बोर्डलाई समेत ती कम्पनीले गराइसकेका छन् ।

साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख किरण श्रेष्ठले स्थानीयबासीको माग बमोजिम शेयर बिक्रीको प्रक्रियाका केही हेरफेर गरिएको बताए । साञ्जेनले रु ३६ करोड ५० हजार बराबरको शेयर रसुवाबासीलाई बिक्री गर्ने तयारी गरेको थियो ।

यस्तै सो कम्पनलिे आम सर्वसाधारणलाई रु ५४ करोड ७५ लाख बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ ।

रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख माधव कोइरालाले पनि स्थानीयबासीले आफूहरु तत्काल शेयर खरिद गर्न नस्क्ने बताएका कारण दोस्रो चरणमा सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको बताए । सो कम्पनीले रु ६८ करोड ४२ लाख १० हजार बराबरको शेयर रसुवाबासीलाई बिक्री गर्न लागेको थियो । यस्तै सोही कम्पनीले रु एक अर्ब २ करोड ६३ लाख १५ हजार बराबरको साधारण शेयर बिक्री गर्ने तयारी छ ।

बोर्डले समेत स्थानीयको माग बमोजिमको कानुनी प्रबन्ध गरिदिने विश्वास दिलाएको प्रमुख कोइरालाले बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया