राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा साढे १ अर्ब लगानी गर्ने

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा झण्डै साढे १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । 

केन्द्रिय बैंकले १ बर्षका लागि (२०७५ मंसिर २ गतेदेखि २०७६ कात्तिक ३० गतेसम्मका लागि) लगानी गर्न लागेको हो । 

सबैभन्दा बढी बाणिज्य बैंकहरुमा १ अर्ब १४ करोड रुपैयाँ लगानी गर्नेछ । त्यस्तै विकास बैंकमा २१ करोड ४६ लाख रुपैयाँ लगानी गर्नेछ भने फाइनान्स कम्पनीमा ७ करोड १६ लाख रुपैयाँ लगानी गर्नेछ ।

केन्द्रिय बैंकले ३६४ दिने मुद्दती निक्षेप त्रैमासिक ब्याज भुक्तानी हुने गरी सो रकम लगानी हुने राष्ट्र बैंकले जनाएको छ ।

सो लगानी लिन चाहने बैंक तथा वित्तिय संस्थाले कात्तिक २० गतेभित्र आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर खुलाएर आवेदन दिनुपर्नेछ । 

संस्था सञ्चालनमा आएको दुई वर्ष पुरा भएको, न्युनतम पुँजीकोष कायम भएको, खराब कर्जा पाँच प्रतिशत भन्दा कम भएको लगायतका ११ वटा शर्त पुरा गरेको बैंक तथा वित्तिय संस्थाले सो निक्षेप लिनका लागि आवेदन दिन सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया