फिल्ममा डरलाग्दा दृश्य दिने बलिउडका भिलेन

माघ ७, २०७४ | आजको अर्थ
ajaako_artha

मुम्बई – ७० र ८० को दशकमा बलिउडमा यस्तो चलचित्र निर्माण हुन्थ्यो, जुन बेलामा  चलचित्रमा बलात्कारका अत्याधिक सिन हुने गर्ने । 

त्यतिबेला चलचित्र हिट बनाउने फर्मुला नै यहि थियो । समय परिवर्तन हुँदै जाँदा निर्देशकले त्यस्ता दृश्यहरु चलचित्रमा कम गर्दै लगे । चलचित्रमा रेप सिनका दृश्य कम हुँदै गएपनि बलिउमा त्यस्त भिलेन अझै अभिनयमा सक्रिय छन् । अहिले चर्चा चलचित्रका ति भिलेनको गर्न खोजिएको छ । जसले चलचित्रका लागि खराब सिन दिने गर्ने । 
  
शक्ति कपुर 
अभिनेता शक्ति कपुर बलिउड चलचित्रमा रुचाइएका भिलेन हुन् । अहिलेसम्म ४०० बढि चलचित्र अभिनय गरेका कपुरले ८० भन्दा बढी चलचित्रमा रेप सिन गरेका छन् । उनको रेप सिन रहेको चलचित्र प्राय सफल मानिएका छन् ।

प्रेम चोपडा 
बलिउडका खतरनाक भिलेन मध्यका एक हुन् प्रेम चोपडा । उनका खलनायकी अभिनय अन्य भिलेन भन्दा फरक हुने गर्दछन् । उनी मुस्कानबाट नै धेरैलाई डराउन सफल छन् । बलिउडमा सबैभन्दा बढी रेप सिन दिने अभिनेतामा चोपडाको नाम पनि अग्र पंङ्तिमा आउँछ । अभिनय दौरानमा चोपडाले २५० बढी चलचित्रमा रेप सिन दिएका छन् ।
 
गुलशन ग्रोवर 
बलिउडमा ‘ब्याड म्यान’को नामबाट परिचित अभिनेता गुलशनका अभिनय फ्यान लाखौं छन् । 
उनले २२ भन्दा बढी चलचित्रमा रेप सिन दिएका  छन् ।

रंन्जीत 
७० र ८० दशकको सबैभन्दा खतरनाक भिलनको रुपमा रन्जीतको नाम अगाडि आउने गर्दछ । उनी चलचित्रमा हिरोको बैनी तथा हिरोइनको पछि लागि पर्ने भिलेन हुन् । २०० बढी चलचित्र अभिनय गरेका रंजीतले १५० बढी चलचित्रमा खराब सिन गरेका छन् । 
 
डेनी डेन्जोग्पा 
डेनी नेपाली मुलका बलिउड कलाकार हुन् । उनले बलिउडमा मात्र ११० बढी चलचित्रमा अभिनय गरेका छन् । ७० र ८० दशकको चलचित्रमा डेनीले रन्जीत र प्रेमका मिलेर रेप गर्ने सिन समेत दिएका थिए । केही चलचित्रमा उनले एक्लै पनि रेपका सिन दिएका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.२०११३.८०
European Euro१२६.०४१२६.७१
UK Pound Sterling१४६.६२१४७.३९
Swiss Franc११४.४८११५.०८
Australian Dollar७७.६४७८.०५
Canadian Dollar८६.४०८६.८६
Singapore Dollar८३.०८८३.५२