अजय बुढाथोकीले नेपाललाई रजतपदक दिलाए

५ बर्ष अगाडि

काठमाडौँ– इन्डोनेसियामा भएको चौँथो भोभिनम एशियन च्याम्पियनसिपमा नेपालका अजय बुढाथोकीले रजत पदक हात पारेका छन् । 
इन्डोनेशियाको बालिमा भएको खेलमा उनले ७२ केजी तौल समूहमा नेपाललाई पदक दिलाएको नेपाली टोलीका प्रशिक्षक सिताराम हुमागाइले जानकरी दिए । 

उनका अनुसार अन्तिम खेलमा भियतनामका खेलाडीसँग पराजित भएपछि बुढाथोकीले नेपाललाई रजत पदक दिलाएका हुन् । 

बुढाथोकी क्वाटरफाइनलमा बाई पाएर सेमिफाइनलमा प्रवेश गरेका थिए । त्यस्तै उनले सेमिफाइनलमा कम्बोडियाका खेलाडीलाई हराउँदै फाइनलमा पुगेका हुन् । बुढाथोकीले यसअघि पनि मिक्स मार्सल आर्टमा विभिन्न पदक जित्नुका साथै विश्व च्याम्पियनसिपमा समेत सहभागिता जनाई सकेका छन् । 

त्यसैगरी बुढाथोकी र पुकार हुमागार्इं सेट फाईट विधामा पनि नेपाललाई कास्य पदक दिलाउन सफल भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता जनाएका पुकार हुमागार्इंको भने यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । उक्त प्रतियोगितामा विभिन्न १७ राष्ट्रको सहभागिता रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया