तिहारमा माइत जाँदा भाइलाई आरती,फर्किदा श्रीमानलाई दागबत्ति

५ बर्ष अगाडि

 बुटवल- तिमी कहाँ जान लाग्यौ र ? म त तिमी संगै आएकी छु, बाबु ( श्रीमानलाई ) मलाई छाडेर कहाँ जान्छ्यौ र .... ? यस्तो विलौना गर्दै लामो डाको छाड्दै थिईन भाई टिकाको दोश्रो दिन गुल्मीको छल्दीघाटमा एक महिला । 
तिहारमा बुटवलमा दाजु भाईलाई टिका लागउन जाँदाका ती कपडा र गहना गाउँ घरमा ईज्जत अनुसारका थिए । धेरै महिलाहरुले उनलाई सम्झाई रहेका थिए । 
अर्धबैशे उमेरकी उनि बुटवलबाट श्रीमान बिमारी भएका छन भन्ने खबर पाए पछि भाई टिकाको अर्को दिन अत्तालिदै आएकी रहिछन तर अन्त्यष्टि स्थलमा पो श्रीमानलाई मृत फेला पारिन । छोरालाई झै श्रीमानलाई बाबु भन्ने बानी रहेछ उनको । अपरिचीतहरु बाबु भन्न साथ ती मृत उनका छोरा रहेछन कि भन्दै थिए । बाबु..मलाई नजाउ तिहारमा भनेको भए त दुई दिन सम्म त तिमी संगै बस्न पाउँदो रहेछु नि.......किन नजाउ भन्यौ.? कोलहाल सहित उनको यस्तो सवालमा जवाफ फर्काउने कोही थिएन । बरु उनि संगै डाको छाड्नेहरु धेरै थिए । 
शानिवार दिउँसो गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर २ छल्दीघाटको दृश्य थियो त्यो । सोही वडाको हर्पुकोट गाउँका ५६ बर्षिय शिबबहादुर बिकको गए राती मृत्यु भएको रहेछ । दिउँसो र साँझ सम्म उनि आफ्ना दाजु भिमबहादुर बिक सहित परिबारको सदस्य संग राम्रै बोल चाल गर्दै गरेको उनिहरु बताउँ छन । शिबबहादुरले हाँसी खुशी श्रीमति बेलकुमारीलाई बुटवलको देबिनगरमा रहेका दाजु भाईलाई टिका लगाउन पठाएका रहेछन । चटक्क परेर दाजु भाईलाई टिका लगाउन हिडेकी बेलकुमारीको झोला भरिलो देखिन्थ्यो । 
बिरामी भनिए पनि सामन्य ठानेर होला श्रीमानलाई खाने कुरा बोकेर आएको देखिन्थ्यो । हिजो भाई भतिजालाई बुटवलमा भाई टिकाको आरती पर्छिदै टिका लगाई दिएकी बेलकुमारी श्रीमान संग फोनमा हंशमुख कुराकानी गरेको बताईन्छ । 
गए राती हर्पुकोटबाट अर्धचेत अवस्थामा जिल्ला अस्पताल हिडालिएको उनलाई डाक्टरले घर लैजाने सल्लाह दिए पछि फर्कायो । भदै सहित बुटवलबाट फर्किएको बेलकुमारीको श्रीमान प्रतिको बिलौनाले छल्दीघाटको पानी सरी मलामीहरुको आँखामा आँशु बगि रहेको थियो । 
उनले पारी खेतबाट भन्दै थिईन मेरो बाबुलाई दागबत्ति मैले दिन पाउँ । महिलाहरुले उठाएर ल्याए । उनि चित्तामा हम्फाल्न खोज्दै दागबत्ति दिईन । महिलाहरुले बल प्रयोग गरेरै त्यहाँबाट फर्काए । उनको डाको फर्किएको थिएन ।
 एक बर्ष अघि ब्रेन ट्युमरको बिमार उपचार गरेर फर्किएका उनले डाक्टरले खाने पिउने चिज मनाही गरे पनि उनले मनाही अटेरी गरेका कारण मृत्यु निम्ताएको परिवारको एक सदस्यले बताए ।

 उनि देउसी भैलो र सालैजो लगायतका लोक संस्कृति संरक्षणमा लामो समय देखि जुट्दै आएका थिए । उनि बिनाको तिहारको रमाईलो गाउँबासीले कल्पना समेत गर्न सक्दैन्थे ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया