सामसङद्वारा फ्लिप फोन सार्वजनिक

५ बर्ष अगाडि

दक्षिण कोरियाली कम्पनी सामसङले गत हप्ता मात्र आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको थियो र अब कम्पनीले आफ्नो फ्लिप फोन W2019 चीनमा सार्वजनिक गरेको छ ।

सामसङले गत वर्ष पनि फ्लिप फोन W2018  सार्वजनिक गरेको थियो तर नयाँ फोनमा पहिलेको तुलनामा  उत्कृष्ट प्रोसेसर र ड्युअल क्यामरा दिइएको छ । यो फोनमा ४.२ इन्चका दुईवटा डिस्प्ले दिइएको छ जसमा एउटा स्क्रिन बाहिरतिर र अर्को भित्रतर्फ छ ।

मूल्य तीन लाख बढीः

सामसङले यो फोनलाई दुई भेरियन्टमा उतारेको छ । यसको पहिलो भेरियन्टमा ६ जीबी र्याम र एक सय २८ जिबी स्टोरेज रहेको छ भने दोस्रो भेरियन्ट ६ जीबी र्याम र दुई सय ५६ जीबी स्टोरेजसहित उपलब्ध छ ।

यसको सुरुवाती भेरियन्टको मूल्य १८,९९९ युआन (तीन लाख १७ हजार रुपैयाँ) तोकिएको छ ।

पहिलो पटक फ्लिप फोनमा डुअल क्यामराः

सामसङ W2019 मा डुअल रियर क्यामरा सेटअप दिइएको छ जसको प्राइमरी र सेकेन्डरी सेन्सर दुबै १२ मेगापिक्सलको छ । सम्भवतः कम्पनीले पहिलो पटक आफ्नो फ्लिप फोनमा डुअल रियर क्यामरा उपलब्ध गराएको छ । यो फोनको फ्रन्टमा पनि १२ मेगापिक्सलको क्यामरा दिइएको छ । यसबाहेक यसको साइडमा सेक्युरिटीका लागि फिंगरप्रिन्ट सेन्सर पनि दिइएको छ ।

विशेषताः

५ बर्ष अगाडि

प्रतिक्रिया