स्तन क्यान्सर भएका महिलाले नेपालमै स्तन फेर्न सक्ने

५ बर्ष अगाडि

काठमाडौँ – कात्तिक नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा वुमन चेम्वर अफ कमर्सका सदस्यहरुलाई स्तन क्यानसरसम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ ।

स्तनपान सचेतना महिनाको अवसिर पारेर उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । अक्टोबर महिनालाई हरेक वर्ष स्तनपान महिनाका रुपमा मनाइँदै आइएको छ ।

 कार्यक्रममा स्तन क्यान्सरबाट बच्ने उपाय, रोग लागेपछि अपनाउनुपर्ने सतर्कता तथा रोकथाम र उपचार पद्धपतिबारे जनचेतना अभिवृद्धिका लागि समाजका अगुवाहरुले खेल्नुपर्ने भूमिका लगायत विषयमा प्रकाश पारिएको थियो ।

कार्यक्रममा मिडिया, हेल्थ र ह्याप्पीनेस मोटिभेसनल ट्रेनर सिमोन नेउपानेले स्तन क्यान्सरसँग जुध्न अपनाइने मेडिटेसनको प्रदर्शन गरेका थिए । अस्पतालका सर्जिकल अन्कोलोजी विभाग प्रमुख डा. कपेन्द्रशेखर अमात्यले स्तन क्यानसरबारे सहभागीलाई विस्तृतमा जानकार।ी गराएका थिए ।

उनले स्तन क्यान्सर भएको जानकारी समयमै चिकित्सकलाई गराउन सकिए स्तन काटेर फल्न बाध्य नहुने प्रष्ट्याए । उनले स्तन क्यान्सर भएर स्तन गुमाउन बाध्य महिलाहरुका लागि नयाँ स्तन राख्न सकिने प्रविधि नेपाल भित्रिइसकेको उल्लेख गरे ।

उक्त प्रविधिलाई अन्कोप्लाष्टिक ब्रेष्ट सर्जरी भनिने बताए । डा. अमात्यले नेपालका चिकित्सक जस्तोसुकै जटिल स्तन क्यान्सरको उपचार गर्न पनि सक्षम रहेको जनाए । कार्यक्रमका प्रमुख अतिथि नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले क्यान्सरसँग लडिरहेका व्यक्तिहरुको सहायताका समाजका सबै तह र तप्का एकजुट हुनुपर्नेमा जोड दिए ।

वुमन चेम्वर अफ कमर्सकी अध्यक्ष डा. अञ्जन शाक्यले कामकाजी र व्यवसायिक महिलाहरुको क्यान्सर रोकथाम स्वास्थ्य जाँचका लागि जनचेतनामूलक कार्यक्रमको महत्व रहेको प्रकाश पारिन् । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवं वरिष्ठ कन्सल्टेन्ट अंकालोजिष्ट डा. सुदीप श्रेष्ठले नपालका बहुसंख्यक जनता क्यान्सरजस्तो महंगो रोगको उपचार आफैं गर्न अक्षम रहेकाले सरकारले सबै जनताका लागि स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउनुपर्ने बताए । वुमन चेम्बर अफ कमर्सकी हेल्थ कमिटी संयोजक स्वरुपा श्रेष्ठले क्यान्सर रोगबारे मुलुकको ग्रामीण क्षेत्रसम्म जनचेतना विस्तार गर्नुपर्ने विचार व्यक्त गरिन् ।

उनका अनुसार वुमन च्याम्बरले क्यान्सर रोगको रोकथाम र उपचारबारे नेपाल क्यान्सर अस्पताल, च्याम्बर अफ कमर्स, रोटरी र लायन्स क्लबजस्ता सामाजिक संघसंस्थासँगको सहकार्य गरिरहेको छ ।

सो अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर डा. विजेशराज घिमिरेले कयान्सर अस्पताल र च्याम्बर अफ कमर्सबीच समाजिक कार्यहरुमा सहकार्य हुँदै जाने बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया