काठमाडौं–नेपाल स्टक एक्सचेन्जमा बुधबार एकैदिन हकप्रद र बोनस सेयर गरी १ करोड ३३ लाख १ हजार २ सय २१.६३ कित्ता सुचिकृत भएको छ ।
श्री इन्भेष्टमेन्ट फाइनान्सको १६ लाख ७९ हजार ७ सय ५.६ कित्ता बोनस सेयर सुचिकृत भएको छ । यता सेन्ट्रल फाइनान्सको २ लाख १६ हजार ५ सय कित्ता हकप्रद सेयर सुचिकृत भएको छ । एनएमबी बैंकको एक करोड १४ लाख ४ हजार ९ सय ३५.९५ कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको हो ।
प्रतिक्रिया