मेगा बैंकको खुद मुनाफा रु ४० करोड

५ बर्ष अगाडि

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । 

आर्थिक वर्ष २०७५÷७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा रु ४० करोड ४५ लाख भएको हो ।

अघिल्लो वर्ष सोही अवधिमा बैंकले रु ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको बैँकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

बैंकको कूल निक्षेप अघिल्लो वर्षको तुलनामा रु २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ असोज मसान्तमा रु ६६ अर्ब ११ करोड पुगेको छ । 

त्यसैगरी, कर्जा तथा सापटीमा रु २६ अर्ब ५४ करोडले वृद्धि भई रु ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत छ । 

मेगा बैंक र साविक टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड २०७५ वैशाख ३० गते एक भई संयुक्त कारोबार प्रारम्भ गरिएको थियो । यी दुबै बैंक एक भएपछि निक्षेप रु १२ अर्ब ७३ करोड र कर्जा प्रवाह रु १२ अर्ब ७५ करोड भएको छ । 

मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्सटेनशन काउन्टर, १११ वटा शाखारहित बैंकिङ केन्द्र, दुई हजार ३ सयभन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया