भारतमा दैनिक डेढ लाख कोरोना संक्रमित, १० करोडले लगाए कोरोना खोप  !

३ बर्ष अगाडि

भारतमा पछिल्लो समय कोरोनाको दोश्रो लहर ब्यापक रुपमा फैलिइरहेको छ । भारमा दैनिक डेढलाखको हाराहारीमा कोरोना संक्रमित थपिइरहेका छन् । 

भारतमा पछिल्लो २४ घण्टामा करिब डेढ लाख कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

यो संख्या कोरोना भाइरस महामारी सुरु भएदेखिकै सबैभन्दा धेरै भएको स्वास्थ्य अधिकारीहरूले शनिबार जनाएका छन् । 

उनीहरूका अनुसार पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरसबाट एक लाख ४५ हजार तीन सय ८४ जना संक्रमित भएका हुन् । भारतमा हालसम्म एक करोड ३२ लाख पाँच हजार नौ सय २६ जना संक्रमित भएका छन् ।अधिकारीहरूले सोही अवधिमा भारतमा देशभरि कुल सात सय ९४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाएका छन् । 

यस्तै भारतमा ८५ दिनमा  १० करोड जनालाई कोरोना खोप दिइएको छ। 

अमेरिका र चीनमा भन्दा पनि तीव्र गतिमा भारतमा कोरोना खोप लगाउने क्रम अघि बढेको दाबी भारतको केन्द्र सरकारले गरेको छ। भारत सरकारका अनुसार अमेरिकामा ८९ दिनमा र चीनमा १०२ दिनमा मात्र १० करोड जनालाई कोरोना खोप दिइएको थियो। 

भारतले यस वर्षको जुलाई अगावै २५ करोड जनतालाई कोरोना खोप दिने दाबी गरेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया