सप्तकोशी डेभलपमेन्ट बैंकको महिला सञ्चालक नियुक्त

३ बर्ष अगाडि

काठमाडौं - सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शनिबार सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले महिला सञ्चालकमा भेषजा काफ्लेलाई निर्वाचित गरेको छ ।  काफ्लेलाई बैंकको सर्वसाधारण शेयरधनीहरूले निर्वाचित गरेका हुन् ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्षले आ.व.२०७६/७७ मा बैंकले ३ करोड २ लाख ३८ हजार सञ्चालन नाफा आर्जन गरेको बताए ।

गत आवको अन्त्यसम्ममा बैंकले ३ अर्ब ६६ करोड ४६ लाख रूपैयाँ निक्षेप संकलन गरेको तथा कर्जा लगानीमा रहिरहेको रकम २ अर्ब ८५ करोड ७८ पु¥याएको उनले जानकारी दिए ।

सभामा सञ्चालक हेमराज सुबेदीले स्वागत मन्तव्य, सञ्चालक डा. अर्जुन कुमार बरालले धन्यवाद मन्तव्य राख्नु भएको सो सभा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले सञ्चालन गरेका थिए ।

बैंकले कर्पोरेट कार्यालय सहित ३२ वटा कार्यालयहरूबाट बैकिङ्ग सेवा दिईरहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया