१८ नोभेम्बरमा दिल्ली फर्किनेछन् दीपिका–रणवीर

५ बर्ष अगाडि

नयाँदिल्ली– दीपिका पादुकोण र रणवीर सिंहको बिहिबार सिन्धी परम्पराअनुसार विवाह सम्पन्न भएको छ । यसअघि बुधबार उनीहरुको कोँकणी परम्पराअनुसार विहे भएको थियाे । यो सँगै उनीहरुको भारतीय परम्पराअनुसार विवाह सम्पन्न भएको छ। 
समाचारअनुसार बुधबार भएको विहे दीपिकाको संस्कार अनुसार र बिहिबार भएको विहे रणवीरको संस्कार अनुसार भएको हो ।  

भारतीय समयअनुसार तीन बजे विवाह समारोह सुरुवात भएको थियो । यद्यपी विहेको तस्बिरहरु अहिलेसम्म सार्वजनिक गरिएको छैन । 
इटालीमा बिहे गरेका उनीहरु १८ नोभेम्बरमा दिल्ली फर्कनेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया