लगातार उकालो लागिरहेको सुनको मूल्य आज घट्यो, कतिमा हुँदै छ कारोबार ?

२ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा लगातार वृद्धि भइरहेको सुनको मूल्य आज भने घटेको छ ।  हिजो विहीबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५०० रुपैयाँले घटेको हो ।    

यो सँगै आज प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो विहीबार १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया