सेक्स सम्बन्धी २५ तथ्य र भ्रम, जुन तपाईलाई पत्याउनै गाह्रो लाग्न सक्छ

५ बर्ष अगाडि

तपाईलाई लाग्ला, मैले सेक्सको बारेमा सबै कुरा जानेको छुरबुझेको छु । यसबारे सामान्य सबै जानकारी मसँग छ । तर त्यस्तो होइन, सेक्स सम्बन्धी केही यस्ता तथ्य र भ्रमहरु छन्, जुन कुरा थाहा पाएर तपाईं छक्क पर्न सक्नुहुन्छ । हाम्रोमा सेक्स काम भन्दा बढी कुराको बिषय बन्ने गरेको छ । तर हामीले यसको बारेमा रोचक तथ्य र भ्रम थाहा नहुन पनि सक्छ ।
आउनुहोस्, सेक्ससँग जोडिएका २५–२५ तथ्य र भ्रम  थाहा पाऔं:

भ्रम

१ – सेक्सका क्रममा महिलाहरु पनि स्खलित हुन्छन् ।
२ –  यौन सन्तुष्टिका लागि एकैसमयमा चरमोत्कर्ष आवश्यक हुन्छ ।
३ –  पुरुषको मात्र स्वप्नदोष हुन्छ ।
४ –  स्वप्नदोष यौन समस्याको संकेत हो ।
५ –  कुमारी युवतीसंग सेक्स गरे यौनरोग निको हुन्छ ।
६  –  निरन्तर हस्तमैथुनले लिंग छोटो हुन्छ । 
७ –  विशेष खालको खाना र शारीरिक अभ्यासले लिंग लामो र ठूलो बनाउँछ ।
८ –  हस्तमैथुन गर्दा लिंगको नसा भाँचिन्छ ।
९ – भ्यासेक्टोमीले मानिसलाई नपुंसक बनाउँछ ।


१० – महिलामा भन्दा पुरुषमा बढी यौन क्षमता हुन्छ ।
११ – गुदामैथुन पुरुष समलिंगीले मात्र प्रयोग गर्छन् ।
१२ –  एक सामान्य मानिसले चाहना राख्नेबित्तिकै उत्तेजित हुन सक्नुपर्छ ।
१३ –  लिंग उत्तेजित नहुने पुरुष वास्तविक अर्थमा पुरुष हुन सक्दैन ।
१४  –  मेनोपजले महिलाको यौन जीवन अन्त्य गर्छ  ।
१५  –  यौन शिक्षाले युवाहरुलाई स्वच्छन्द सेक्सतर्फ लैजान्छ ।
१६ –  पहिलो सम्भोगमा महिलाको यौनांगबाट रगत आउनुपर्छ ।
१७ –  एकान्तमा सेक्स गर्दा महिलालाई चरमोत्कर्ष आउनुपर्छ ।
१८ – महिनावारीको समयमा गरिने सेक्स अस्वस्थकर र असुरक्षित हुन्छ ।
 १९ –  पहिलोपटकको सम्भोगमा महिला गर्भवती हुन सक्दैनन् ।
 २० –   दूध खुवाईरहेको समयमा सेक्स गर्दा महिला गर्भवती हुन सक्दैनन् ्र
२१ – सेक्सका लागि महिला गर्भवती हुन नसक्ने सुरक्षित अवधि पनि हुन्छ ।
२२ –   स्खलन हुने बेलामा योनिबाट लिंग निकाल्ने विधि गर्भ रोक्ने उत्कृष्ट तरिका हो ।
२३ –  होमोसेक्सुअलहरुले पनि यौनसम्बन्धी सपना देख्छन्  तर  समलिंगी सम्बन्धका बारेमा मात्र सपना देख्छन् ।
२४ –   निदाएको बेलामा हुने चरमोत्कर्ष यौन समस्याको संकेत हो ।
२५ –  ठूलो लिंगले मात्र महिला पार्टनर सन्तुष्ट हुन सक्छन् ।

तथ्यहरु

१ – सेक्सका क्रममा महिलाहरु स्खलित हुँदैंनन् , सम्भोगका क्रममा प्रयोग गरिने लुब्रिकेन्ट्सका कारण यस्तो भ्रम भएको हुन सक्छ ।
२ –  यौनसन्तुष्टिका लागि एकसाथ चरमोत्कर्ष अनिवार्य हुँदैंन ।
३ – रातीको समयमा महिलाहरुले पनि चरमोत्कर्ष अनुभव गर्छन् ।
४ – स्वप्न दोष यौन समस्याको संकेत होइन, ती सामान्य यौन प्रक्रियाका अंग हुन्, ।
५ – कुमारी महिलासंग यौन सम्पर्क गरे यौन रोग निको हुँदैंन  बरु यौन रोग महिलामा सर्न सक्छ ।
६ –  निरन्तरको हस्तमैथुनका कारण लिंग सानो हुँदैंन  एकपटक आफ्नो आकारमा पुगिसकेको अंग फेरि खुम्चदैंन 
७ – लिंग लामो बनाउन विशेष खालको खाना आवश्यक पर्छ भन्ने कुरा सही होइन , शरीरका अन्य अंगलाई महत्वपूर्ण हुने खानाहरु यौन अंगका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।
८ –  हस्तमैथुन शारीरिक क्रियाकलापको एउटा अंग हो , नसा भाँच्चिदैंन ।
९ – भ्यासेक्टोमी पुरुषका लागि र ट्युबेक्टोमी महिलाका लागि गरिने अपरेशनका कारण यौन चाहना र क्षमता घट्दैन बरु गर्भ रहने डर नहुँदा सेक्समा झन् आनन्द थपिन्छ ।
 १० – पूरुषमा मात्र यौन क्षमता बढी हुने कुरा सही होइन , यौन क्षमता दुवै पक्षमा बराबर हुन्छ ।
११ –  गुदामैथुन होमोसेक्सुअलले पनि प्रयोग गर्छन् ।


१२ – यौन चाहना गर्दा पुरुषको लिंगमा उत्तेजना आउछ ।
१३ –  उत्तेजनाले कुनै पनि पुरुषको पौरुषत्व छुट्याउन सकिदैंन , अन्य क्राइटेरिया पनि हुन्छन् ।
१४ –   महिनावारीको अन्त्य महिलाको यौन जीवनको अन्त्य होइन, सन्तान उत्पादन क्षमताको मात्र अन्त्य हो ।
 १५ – यौन शिक्षा दिँदैंमा युवायुवतीहरु स्वच्छन्द सेक्सतिर जाँदैंनन् तर यसले उनीहरुमा यौन बुझ्ने क्षमता वृद्धि गराउँछ ।
१६ – सम्भोगविना अधिकांश महिलाहरु चरमोत्कर्ष पाउन सक्दैनन् ।
१७ – कुमारीत्वको प्रमाण हाइमेन मात्र होइन । सामान्यतः कुमारीहरुमा योनिको झिल्ली च्याँतिदा रगत आउन सक्छ । यद्यपि विभिन्न खेलकुदमा भागलिँदा, साइकल चढ्दा या ट्याम्पोनको प्रयोग गर्दा झिल्ली च्यातिन सक्छ । त्यसैले पहिलो सेक्सका क्रममा रगत आउनैपर्छ भन्ने जरुरी छैन ।
१८ – महिनवारीका क्रममा सेक्स सुरक्षित हुन्छ । तर, त्यसका लागि दूवै पक्षले चाहनुपर्छ ।
१९ – पहिलो सम्भोगमै महिलाहरु गर्भवती हुन सक्छन् ।

२० – बच्चालाई स्तनपान गराइरहेको समयमा महिला महिनवारी नहुने हुन सक्छन्  तर, गर्भवती भने हुन्छन् ।
२१ –  महिनावारीको समयदेखि निश्चित समयसम्म यौनसम्पर्क गर्दा गर्भ रहने खतरा कम हुन्छ । तर, पूर्णतया सुरक्षित भने हुँदैंन ।
२२ –  वीर्य स्खलन भएको समयमा योनिबाट लिंग झिक्ने विधि त्यति प्रभावकारी हुँदैंन । पूर्ण रुपमा वीर्य झर्नुअगावै केही शुक्राणु झरिसकेको हुन सक्छ । 
२३ –  वयस्क उमेरअघि यौनजन्य सपना आउनु सामान्य हो ।
२४ – निदाएको बेला चरमोत्कर्ष हुनु सामान्य र स्वस्थ हो , यसबारे कुनै चिन्ता लिनुपर्दैन ।
२५ – यौन सन्तुष्टिका लागि ठूलो या सानोलिंगले कुनै महत्व राख्दैंन  तर, उत्तेजना भएको समयमा सिधा हुनुचाहि आवश्यक हुन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया