जाडो समयमा शरीर किन काम्छ  ?

५ बर्ष अगाडि

जाडो दिनदिनै बढेपछि हामी ज्याकेट स्वीटर लगायतका न्याना लगुा पहिरिन्छौं । यतिका लुगा लगाउँदा पनि बिहान(बेलुकी जाडै हुन्छ । चिसो पानीले नुहाउँदा  चिसोमा बाहिर निस्कँदखाजीउ लुगलुग काम्छ । वास्तवमा जीउ किन काम्छ त रु मानिसको शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेड अर्थात ९८ दशमलव ६ डिग्री फरेनहाइट हुन्छ । शरीरको यो तापक्रम घटबढ भए ज्वरो आउने र वरपरको वातावरण अति नै चिसो हुन्छ । वातावरणले हाम्रो शरीरलाई चिसो पार्न खोज्छ । शरीरको बाहिरी भाग चिसो हुन्छ र हामीलाई जाडो अनुभव हुन्छ ।

शरीरले भने तापबाहिर निकाली शरीरमा तापको सन्तुलन कायम गराउन खोज्छ । यस अवस्थामा अङ्गहरू काम्न थाल्छन् । जाडोमा शरीर काम्दाखेरि हाम्रा अङ्ग प्रत्यङ्गमार्फत एक प्रकारको व्यायाम हुन्छ र शरीर तात्छ । अनि तापक्रमको कमी हुन पाउँदैन । यसरी चिसोबाट बचाउनका लागि हाम्रो शरीर जाडोमा काम्न थाल्छ । गर्मीमा यसको ठीक विपरीत हुन्छ । हाम्रो शरीरको तापक्रम भन्दा बाहिरी तापक्रम बढी हुन्छ ।  बाहिरको तापक्रमले हामीलाई असर पार्न खोज्छ र हामी गर्मी महसुस गछौं ।

*रसायनशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी)गरेका राम ठकुरी नेपालपत्रका सह(सम्पादक हुन् । उनका लेखहरु बैज्ञानिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन ।

५ बर्ष अगाडि

प्रतिक्रिया