के राजधानीकाे जनसभामा सहभागी होलान् विप्लव ?

५ बर्ष अगाडि

काठमाडौं–आगामी मङ्सिर ८ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीमा जनसभा आयोजना गरेको छ । यद्यपी सो जनसभामा विप्लवको सहभागिता हुने÷नहुनेबारे अझैं टुंगो लागेको छैन । 

नेकपाका एक केन्द्रिय सदस्यका अनुसार विप्लव कार्यक्रममा सहभागि नहुने सम्भवना धेरै छ । उनले भने, “सरकारले वार्ता गर्ने भनेर झुक्याउदै यो जनसभासम्म गर्न दिने र त्यस लगत्तै महासचिव विप्लवलाई गिरफ्तार गर्ने योजना बनाएको सूचना हामीकहाँ आएको छ । त्यसैले महासचिव सार्बजनिक नहुने भन्ने छ ।’
उनका अनुसार विप्लवले कार्यक्रमलाई सम्बोधन गर्ने स्थिति नबनेमा पार्टीका प्रवक्ता खडक बहादुर विश्वकर्मा (प्रकाण्ड)ले सम्बोधन गर्ने भन्ने आन्तरिक निर्णय भएको छ । यद्यपी अहिले कार्यकर्ताले भीड जम्मा गर्दैका लागि विप्लव सार्वजनिक हुने भनि प्रचार गर्दै आएका छन् । 
प्रकाण्डको पक्राउपछि पार्टीमा उनिमाथि नै प्रश्न चिन्ह खडा भएकोले विप्लव नेकपा भित्र उनि कमजोर भएका छन् । श्रोतका अनुसार कार्तिक १५ गतेबाट ३ दिनसम्म बसेको पार्टी स्थायी समिति बैठकमा प्रकाण्ड गिरफ्तार हुँदा पार्टीको योजना, दस्ताबेज, र सेना निर्माण तथा परिचालन सम्बन्धि महत्वपुर्ण डकुमेन्ट प्रहरीको  हातमा परेको भन्दै ब्यापक आलोचना भएको थियो ।
प्रकाण्ड पार्टीको केन्द्रिय समितिको बैठक सकेर काठमाडौँ फर्किदा पार्टीको पत्रकार संगठन् भित्र शंसयपूर्ण भूमिका भएका व्यक्तिहरुको सम्पर्कमा आएको, केही ब्यापारीहरुलाई फोन गरेर काठमाडौँ आउदै गरेको जानकारी दिएकोलगायतका कारण पक्राउ परेको भन्दै उनको ब्यापक आलोचना भएको थियो ।
पार्टीका योजना, दस्तावेज र आयब्याय बिवरणसमेत भएको डायरी, ल्यापटप, पेनड्राइभ मोबाइललगायतका सबै सामाग्री प्रहरीले लिएपछि पार्टीको सबै योजना प्रहरीकहा गएको भन्दै अहिले प्रकाण्डप्रति पार्टीका नेता कार्यकर्ता ब्यापक असन्तुष्ट बनेका छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया