मध्यभोटेकोशीको सेयरमा किन आर्कषित भएनन् लगानीकर्ता, यस्तो छ कारण

५ बर्ष अगाडि

काठमाडौँ – चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी  मध्यभोटेकोसी जलविद्युत कम्पनीको सेयर भर्न कर्मचारीले खासै चासो देखाएका छैनन् ।

हालसम्म मात्रै  रु ५४ कराडे २४ लाख ५ सय बराबरको आवेदन परेको छ ।

कम्पनीले गत कात्तिक २८ गतेदेखि खुला गरेको सेयर भर्न संचयकर्ताको आवेदन परेको हो । सेयर बिक्री खुला भएको ५ दिनमा सोमबारसम्मको विवरण अनुसार १६ हजार संचयकर्ताले आवेदन दिएका छन् ।

सेयर भर्न विभिन्न बैंकमा संचयकर्ताको भिड लागेको छ । संचयकर्ताले आगामी मंसिर १४ गतेसम्म सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनामा लगानीका लागि आवेदन दिन पाउने छन् ।

पहिलो चरणमा स्वपुँजी लगानीको २४ प्रतिशत अर्थात १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गरिएकामा १ करोड १७ लाख कित्ता संचयकर्ता कर्मचारीका लागि छुट्याइएको छ ।

यस्तै, संस्थापक संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता सेयर छुट्याइएको छ । संचयकर्तापछि मंसीर १८ देखि २६ गतेसम्म संस्थापक संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि आवेदन खुला गरिने कम्पनीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया