एडिबीले भन्यो – २०२७ सम्म पुग्छ नेपालको जलविद्युत् क्षमता १५ हजार मेगावाट

५ बर्ष अगाडि


काठमाडौं – नेपालले आफ्नो जडित उर्जा क्षमतालाई सन् २०२७ सम्ममा १५००० मेगावाट पुर्याउने लक्ष्य कायम गरेको छ। यो अंकमा १० प्रतिशत भने उर्जाको रूपमा प्राप्त गरिने छ भने पावर ट्रान्समिसन र डिसट्रीबीयूसन लसमा आगामी दुई तीन वर्षमा १५ प्रतिशत कटौती गरिने छ

एबीबी टेक्नोलोजीजद्धारा आयोजित ‘एबीबी टेक्नोलोजी  डे’मा एबीबीका विशेषज्ञहरुले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा नेपालका २५० कम्पनीहरू सहभागी भएका छन्। उपभोगीय वस्तु, यातायात, तथा भौतिक पूर्वाधार जस्ता उद्योग अन्तर्गतका नेपाली कम्पनीहरुले एबीबीका विशेषज्ञहरुसँग विभिन्न कार्यशालामा भाग लिएका छन् ।

साथै, सो कार्यक्रममा सम्बन्धित क्षेत्रका नबिनतम प्रबिधीहरुको पनि प्रदर्शनी गरिएको थियो।

एबीबी टेक्नोलोजीजलाई ८० प्रतिशत भन्दा बढी विद्युत प्राधिकरणका पावर सबस्टेशनमा संचारका लागि परिचालन  गरिएको छ।  एबीबीले विभिन्न हाइड्रो परियोजनका  निमित्त यूनिफाईड अटोमेसन् सिस्टमस, डिजिटल गभरनर्स, सीनक्रोनाईजर्स, तथा पावर म्यानेजमेन्ट सोलुशनका माध्यमद्धारा थुप्रै प्रविधिहरुको समाधान पनि प्रदान गर्दै आएको छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया