पीएसजीलाई घाइते नेमार र एम्बापेको चिन्ता

५ बर्ष अगाडि

टोलीका दुई प्रभावशाली स्ट्रइकर नेमार र केलियन एम्बापे घाइते भएपछि पेरिस सेन्ट जर्मन क्लब (पीएसजी) थप चिन्तित देखिएको छ ।

च्याम्पियन्स लिगको महत्वपूर्ण खेलमा नेमार र एम्बापेले खेल्न नसक्ने अवस्था देखिएकाले पीएसजीमाथि संकट थपिएको हो । च्याम्पियन्स लिगमको महत्वपूर्ण खेलमा पीएसजीले यही नोभेम्बर २९ तारिख लिभरपुलसँग खेल्दैछ ।

पीएसजीले दुवै खेलाडी मैदान उत्रनेमा आशंका ब्यक्त गरिरहेको छ । लिभरपुलसँग खेल्नु अघि पिएसजीले शनिबार घरेलु लिगमा टुलुजविरुद्ध पनि प्रतिस्पर्धा गर्नेछ । मंगलबार राती भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने क्रममा  नेमार र एम्बापे घाइते भएका थिए । ब्राजिलका कप्तान नेमार क्यामरुनविरुद्धको खेलमा र एम्बापे उरुग्वेविरुद्धको खेलमा घाइते भएका हुन् ।

नेमारले ८ औं मिनेटमा तिघ्राको माशंपेशीमा चोट लागेपछि मैदान छोडेका थिए । फ्रान्सका स्टार एमबाप्पेले विपक्षीसँग ठोकिएर लड्दा काँधमा चोट लागेको थियो । त्यसपछि उनी ३६औं मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । दुवै खेलाडी एकैदिन घाइते भएकोले क्लबलाई संकट आइलागेको पीएसजी अधिकारीले बताएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया