चिनीको मनपरी मूल्य तोक्दै ब्यापारी , उपभोक्ता मञ्चद्वारा मूल्यवृद्धि गर्नेलाई कारबाहीको माग

२ बर्ष अगाडि

राष्ट्रिय उपभोक्ता मञ्चले  चिनीको  अस्वभाविक मूल्य वृद्धि गर्नेलाई कारबाही गर्न भन्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । कोभिडको दोस्रो लहर भयावह बनिरहेका बेला दैनिक  उपभोग्य वस्त चिनीको मूल्य अत्यधिक बढेको भन्दै कालोबजारीलाई कारबाही गर्न मञ्चले आग्रह गरेको हो । 

अहिले देशको राजधानीमै प्रतिकेजी १ सय १० रुपैयाँ सम्म चिनीको मूल्य लिइरहेका छन् ।

यस बर्षको कार्तिक महिनादेखि चिनीको खुद्रा मूल्य बढन बढेर प्रतिकेजी  ७६ देखि ८५ रुपैयाँ थियो तर  गत महिना देखि चिनीको मूल्यमा अस्वाभाविक रुपमा वृद्धि भएको अनुगमनबाट देखिएको मञ्चले भनेको छ । हाल चिनी प्रतिकेजी  ९० देखि १ सय १० रुपैयाँ सम्ममा उपभोक्ताले खरिद गरिरहेका छन् ।


गत आर्थिक बर्षमा नेपालमा स्थापित १४  उद्योग मध्ये ९ वटा चिनी उद्योगहरूले मात्र उखुको क्रसिंग गरेको र देशको मागको तुलनामा कम चिनी उत्पादन भएको थियो । 


जसको असर स्वरुप निजी क्षेत्रबाट पाकिस्तानी चिनी बढी भन्सार मूल्य तिरेर भएपनि आयात गरी बजारमा बिक्री बितरण भएकाले मूल्य बढाइएको बताइएको छ ।  

२ बर्ष अगाडि

प्रतिक्रिया