काठमाडौं, वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ह्वातै घटेको छ ।
चालु आवको चैत महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ५५.७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या १५ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया