नौ महिनामा आन्तरिक कर्जा १६.४ प्रतिशतले बढ्यो

२ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तसम्ममा कुल आन्तरिक कर्जा १६.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

गत आवको अवधिमा कुल आन्तरिक कर्जा ९.१ प्रतिशतले बढेको थियो भने वार्षिक बिन्दुगत आधारमा चैत मसान्तमा यस्तो कर्जा २१.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २१.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १२.७ प्रतिशतले बढेको थियो ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया