जिएमआरले ६०० मेगावाटको माथिल्लो मर्स्याङ्दी बेच्यो

५ बर्ष अगाडि

काठमाडौं– ६०० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजना विक्रि भएको छ । 
अब सो आयोजना बुटवल पावर कम्पनी र तीनवटा चिनियाँ कम्पनीले बनाउने भएका छन् । 

गत बैशाखमा भारतीय कम्पनी जिमएमआर ९ग्रान्धी मालिकार्जुन राव०ले सबै शेयर ती कम्पनीलाई बेचेको थियो । 

आयोजनाका लागि जिएमआरले बनाएको हिमताल हाइड्रो पावर कम्पनीको सेयर बुटवल पावर कम्पनीले झन्डै २० प्रतिशत र बाँकी चिनियाँ कम्पनीले किन्ने भएको बताइएको छ । 
 चिनियाँ कम्पनीहरू एससिआइजी इन्टरनेशनल, सिन्चेङ इन्टरनेशनल इन्भेष्टमेन्ट र क्युवाइइसी इन्टरनेशनल लिमिटेडसँग मिलेर आफूहरूले आयोजना बनाउन लागेको बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले जनाएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया