क्रिकेटः महिला विश्वकपमा इङल्यान्ड र अस्ट्रेलिया भिड्ने

५ बर्ष अगाडि

नर्थसाउन्ड– वेस्ट इन्डिजमा जारी महिला टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएका सेमिफाइनल खेलमा इङ्ल्यान्ड र अस्ट्रेलिया विजयी भएका छन् । 

पहिलो खेलमा इङ्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले १९।३ ओभरमा सबै विकेट गुमाई ११२ रन मात्र बनाएको थियो । 

जवाफमा इङ्ल्यान्डले १७।१ ओभरमा दुई विकेट गुमाई निर्धारित लक्ष्य पूरा गरेको थियो । इङ्ल्यान्डका लागि एमी जोन्सले अविजित ५३ र नाताली सिभरले अविजित ५२ रन बनाएका थिए । 

यस्तै, दोस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ७१ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गर्नु परेको अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा १४२ रन बनाएको थियो । 

जवाफमा वेस्ट इन्डिजको टोली १७।३ ओभरमा ७१ रनमै समेटिएको थियो । 

अब फाइनल खेल आगामी आइतबार हुनेछ । 


बंगलादेश–वेस्ट इन्डिज टेस्ट क्रिकेट 
बंगलादेशमा जारी बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो टेस्टमा बंगलादेशको टोली पहिलो इनिङमा ३२४ रनमा समेटिएको छ । 

बिहीबार ८ विकेटको क्षतिमा ३१५ रन बनाएको बंगलादेशले दोस्रो दिन ४।४ ओभरमा बाँकी २ विकेट गुमाएको थियो । वेस्ट इन्डिजका जोमेल वार्रीकानले दुवै विकेट लिएका थिए । 


श्रीलंका–इङ्ल्यान्ड टेस्ट 
कोलम्बो – श्रीलंका र इङ्ल्यान्डबीचको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट प्रतियोगिता कोलम्बोमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान जो रुटले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । 

यसअघिका दुवै टेस्ट इङ्ल्यान्डले जितिसकेको छ । तेस्रो टेस्टमा इङ्ल्यान्डका तर्फबाट जेम्स एन्डरसनको स्थानमा स्टुआर्ट ब्रोड र साम कुरानको स्थानमा जोन्नी बेयरस्टले खेल्ने छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया