‘सरकार क्रिश्चियन धर्म प्रचारमा पो भेटियो’

५ बर्ष अगाडि

काठमाडौं ।दुईदिन अघि पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरि नेपाल देशमा सरकार छ रु छ भने कहा छ रु भनि प्रश्न गरेका नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई दिन पछि पुनः पत्रकार सम्मेलन गरेर नेपाल सरकार एउटा आइएनजिओको धर्मप्रचारमा भेटिएको बताउनु भएको छ ।

कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधि पत्ता लगाउन सरकार संग गुहारमाग्दै निर्मलाका पिता धर्नामा बसेका छन् । छोरीको बलात्कार गरि हत्या गर्ने अपराधि खोजिदिनु प¥यो भन्दा सरकार भेटिदैन प्रवक्ता शर्माले भन्नुभयो– सरकार त एउटा आइएनजिओले धर्म प्रचार गर्न आयोजना गरेको कार्यक्रमको सह आयोजकको रुपमा पो भेटिन्छ ।

मंसिर १४ देखि १७ गते सम्म ह्यायात रेजेन्सिमा आयोजना हुने द एसिय प्यासिफिक समिटि २०१८ को सह आयोजकमा नेपाल सरकार रहेको थाहापाएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका प्रवक्ता शर्माले पत्रकार सम्मेलन गरि विरोध जनाएका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया