सिद्धार्थ बैंकको २ अर्ब ५० करोडको ऋणपत्र आउँदै, गर्ने हो कि लगानी ?

५ बर्ष अगाडि

काठमाडौँ ।  सिद्धार्थ बैंकले नेपाल धितोपत्र बोर्डबाट रु २  अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने स्वीकृति पाएको छ ।

बैंकले १०.५ प्रतिशतमा ७ वर्षका लागि ’एसविएल डिवेन्चर २०८२’ निष्कासन गर्ने अनुमति प्राप्त गरेको छ।

बैंकले ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्ती गरेको छ ।

बैंकले प्रति डिवेन्चर रु १००० हजार े दरमा ४ लाख ५० हजार इकाई सर्वसाधारणको लागि र १८ लाख इकाई निजी क्षेत्रका लागि निष्कासन गर्नेछ ।

बैंकले ऋणपत्र निष्कासनका लागि गरेको क्रेडिट रेटिङ अनुसार ’इक्रा एनपि ट्रिपल बि प्लस’ प्राप्त गरेको छ। यसले मध्यम किसिमको सुरक्षा रहेको संकेत  गर्ने क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया