किन ल्याइए चिलिमेमा विवादास्पद कोइराला

५ बर्ष अगाडि

काठमाडौं । लोडसेडिङ घटाएर र पछिल्लो दिनमा विद्युत प्रणालीमा सुधार गरेर चर्चामा रहेको नेपाल विद्युत् प्राधिकरणभित्र एकाध मान्छे भने पटक पटक महत्वपूर्ण पद तथा योग्यतामा रहिरहने प्रवृत्ति भने पूरानो होइन । प्राधिकरणमा सातै तहबाट सेवामा सुरु गरेदेखि नै महत्वपूर्ण लाभको पदमा बस्दै आएका एकाध व्यक्तिका कारण योग्यता र क्षमता भएका व्यक्ति समेत पछाडि पर्दै आएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङले सबैलाई समान हैसियत र बराबरी जिम्मेवारी  दिने र कामका आधारमा मूल्यांकन गर्ने प्रणालीको सुरुवात गरेको बताएपनि व्यवहारमा भने विगतमा नै हालीमुहाली गर्दै आएका व्यक्तिहरु नै लाभको पदमा बसिरहने प्रवृत्ति हटेको छैन । 

प्राधिकरणको सहायक कम्पनीको रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका माधव कोइराला विगतदेखि नै पद र शक्ति हत्याइरहने कर्मचारीको रुपमा प्राधिकरणमा परिचित छन् । उनलाई सधै पद र प्रतिष्ठा मिल्दै आएको छ । पछिल्लो पटक रसुवागढी जलविद्युत् कम्पनीको प्रमुख रहेका कोइरालाले फेरी पनि चिमिमेको प्रमुख पद पाएका छन् । तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीलाई राम्रै मान मनितो गरेका कारण कोइरालाले रसुवागढीको प्रमुख बन्न पाएका थिए । आयोजनामा ढिलाई हुनुको कारणका खास मतियारका रुपमा समेत प्राधिकरण भित्र उनलाई लिन गरिन्छ । 

चाकडी चाप्लुसी र आफू भन्दा ठूलाको हदैसम्मको चाकडी गर्ने र आफू भन्दा तल्ला कर्मचारीलाई देखिनसहने विशेष स्वभाव भएका कोइरालालाई कसले चिमिलेको प्रमुख बनायो त्यो प्रश्न पनि अनुत्तररित रहेको छ । प्राधिकरण ११औं तह (निर्देशक) का कर्मचारी माधवप्रसाद कोइराला चिलिमे जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएपछि उनको विषयमा प्राधिकरणभित्र राम्रै चर्चा सुरु भएको छ । 

प्राधिकरणको ५१ प्रतिशत स्वामित्व रहेको कम्पनीमा उनलाई उक्त जिम्मेवारी दिइएको हो । कोइराला रसुवागढी हाइड्रो पावर कम्पनीमा कम्पनीमा प्रमुखको रुपमा कार्यरत थिए । उनलाई चिलिमे र रसुवागढी दुवैको प्रमुखको  जिम्मेवारी पनि सम्हाल्ने गरी चिलिमेको सिइओ नियुक्त गरिएको बताइन्छ । यसअघि उक्त जिम्मेवारीमा रहेका दामोदरभक्त श्रेष्ठले अवकास पाइसकेका छन् । प्राधिकरणले मंगलबार कोइरालालाई चिलिमेमा नियुक्त भएको पत्र दिएको थियो । उनी बुधबारबाट त्यहाँ हाजिर भएका छन् । आफ्नो कार्यकालमा चिलिमेअन्तर्गत निर्माणाधीन २ सय ७० मेगावाटका आयोजना सम्पन्न गर्ने तथा नयाँ आयोजनाको निर्माण प्रक्रिया अघि बढाउने तयारीमा रहेको छ ।  

२०५० सालमा कम्पनी स्थापना भएयता उनी चिलिमेसँग जोडिएका थिए । २२ मेगावाटको चिलिमे जलविद्युत आयोजना सञ्चालनमा रहेपनि प्राधिकरणले सो आयोजनाको २० मेगावाट मात्रै विद्युत् खरिद गरेको छ । कूल २२ मेगावाट क्षमताको सो आयोजनाको २ मेगावाट विद्युत्को भुक्तानी भने गर्दैन । जसका कारण चिलिमेको आर्थिक स्वास्थ्यमा प्रभाव पर्दै आएको छ । उता कामचोर कर्मचारीका कारण महत्वपूर्ण जलविद्युत् आयोजनाको अवस्था दुरुहपूर्ण बनेको छ । सरकारले रणनीतिक महत्वका भनेका आयोजनामा समेत प्रभावकारी काम हुन सकेको छैन । जिम्मेवारी लिने, राजधानीमा मात्रै बस्ने, भक्ता समेत पचाउने प्रवृत्ति हटाउनका लागि प्रभावकारी कदम चाल्नु जरुरी भएपनि त्यसतर्फ हालसम्म कुनै पनि प्रयास हुन सकेको छैन । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया