‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ‘टप सिक्सटिन’ प्रतियोगीका साथमा नयाँ फम्र्याटमा, दर्शकले मात्रै प्रतियोगीहरुलाई बचाउन सक्ने अधिकार

५ बर्ष अगाडि


काठमाडौं । मंसिर ९ गते । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ शनिवारको कार्यक्रममा टप १६ प्रतियोगीहरुका साथमा प्रतियोगिता शुरु भएको छ ।

चार जना कोचको प्रत्येक टिमबाट चार÷चार जनाले प्रस्तुती दिनेछन र त्यसमध्येबाट २÷२ जना प्रतियोगी मात्र सेमिफाइलनमा जानेछन् ।

टप १६ बाट ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ नयाँ चरणमा प्रवेश गरेको छ । अबको कार्यक्रमहरुमा हरेक प्रतियोगीले दर्शकहरुको भोटबाट मात्र आफू सुरक्षित हुनेछन् । अर्थात अब कुनैपनि प्रतियोगीलाई टिमका कोचहरुले बचाउने छैनन् ।

शनिवारको कार्यक्रममा टिम सनुप र टिम प्रमोदका दुई दुई जना प्रतियोगीले आफ्नो गायन कला देखाए भने बाँकी टिमहरुको पनि क्रमैसँग हुनेछ । टिम सनुपबाट सन्तोष र सप्तकले आफ्नो प्रस्तुती दिएका छन भने टिम प्रमोदबाट आशिष र सुशिलले आफ्नो प्रस्तुती दिएका छन् । जसमध्ये टिम प्रमोदका प्रतियोगी आशिषले चारै जना निर्णायकहरुको स्ट्याण्डिङ्ग अवेसन पाएका थिए ।

शनिवारको कार्यक्रममा कोच सनुप र कोच प्रमोदले आफ्ना प्रतियोगीहरुको हौसला बढाउनका लागि आफैंले गीत गाएका थिए ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा अतिथिको रुपमा गायीका ज्ञानु राणाले आफ्नो प्रस्तुतीका साथमा प्रतियोगीहरुलाई हौसला प्रदान गरेकी थिईन् ।

गत आइतवारको कार्यक्रममा प्रस्तुती दिएका टिम अभया र टिम दिपका भोटिङ्गमा गएका दुई÷दुई प्रतियोगीहरुमध्ये टिम अभयाबाट अनु र टिम दिपबाट सिडी बिजय टप सिक्सटिनमा पर्न सफल भएका थिए ।

टप सिक्सटिन प्रतियोगीहरुमा टिम दिपबाट राजु, सिडी बिजय, विवेक वाईवा र स्वेच्छा, टिम अभयाबाट विवेक, कुशल, श्रेया र अनु, टिम सनुपबाट सप्तक, शैलेश्वरी, सन्तोष र विद्या र टिम प्रमोदबाट सुरेखा, श्रृजय, आशिष र सुशिल पर्न सफल भएका छन् ।

टप सिक्टिनको फम्र्याट
‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को टप सिक्सटिनमा प्रत्येक निर्णायकको टिमबाट आफ्ना चार÷चार जना प्रतिस्पर्धीहरुलाई प्रस्तुत गराउने छन् भने सो मध्ये केवल २ जना मात्र सेमिफाइलनमा जानेछन् । अबको प्रत्येक कार्यक्रमहरुमा दर्शकको भोटको आधारमा मात्र प्रतियोगीहरुको अगाडि जाने चरण सुरक्षित हुनेछ ।

आफूलाई मनपर्ने प्रतिस्पर्धीहरुलाई दर्शकहरुले भोट गर्न सक्ने सुविधा रहेको छ । भोट गर्नको लागि आफ्नो मोबाइल फोनबाट एसएमएसमा गएर प्रतियोगीको कोड नम्बर टाइप गरेर ३७००० मा सिधै पठाउन सक्नुहुनेछ ।

त्यसैगरि भारतबाट ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ हेर्नुहुने दर्शकका लागि आफ्नो मनपरेको प्रतियोगीलाई भोट गर्न आफ्नो मोबाइलबाट प्रतियोगीको कोड नम्बर टाइप गरेर ५३०१० मा पठाउन सक्नुहुनेछ ।

यति मात्र होईन्, दर्शकहरुले आफ्नो ल्याण्डलाइन टेलिफोनमार्फत पनि फोन गरेर प्रतियोगीको कोड नम्बरसहित भोट गर्नसक्नुहुनेछ । नेपाल टेलिकमको ल्याण्डलाइनबाट १६६६७७ मा फोन गरेर पनि गर्न आफ्नो मन गर्ने प्रतियोगीको कोड नम्बरसहित भोट सक्नेछन् । (उदाहरणको लागि १६६६७७ मा कल गर्नुस र त्यसपछि कोड नम्बर डायल गर्नुस् ।)

दर्शकहरुले ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को मोबाइल एप डाउनलोड गरेर पनि आफ्नो मन परेको प्रतियोगीलाई भोट गर्न सक्नुहुनेछ । यसको लागि तपाईँले एन्ड्रोयड मोबाइलको लागि ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को एप डाउन लोड गर्नका लागि यो (https://play.google.com/store/apps/details?id=com.nepware.tvon ) लिंकमा जानुहोस् । 

त्यसैगरि एप्पलको आईओएस स्टोरबाट डाउनलोड गर्नको लागि यो (https://itunes.apple.com/np/app/the-voice-of-nepal/id1352444656?mt=8) लिंकमा जानुहोस् ।
मोबाइल एपबाट प्रत्येक प्रतियोगीको लागि अधिकतम ५ वटा भोट गर्न सकिनेछ ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।
टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।
थप जानकारीका लागि

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेज र यूट्यूब पेजमा जानुहोस् ।

५ बर्ष अगाडि

प्रतिक्रिया