एक बाँदरको हमलाका कारण दुई जनजातीबिच हिंस्रक लडाइँ सुरु भएपछि कम्तीमा पनि २० जनाको मृत्यु भएको छ ।

५ बर्ष अगाडि

लिबियाको स्थानीय मिडियाले दिएको जानकारी अनुसार दक्षिणी लिबियाको सबा शहरमा एक घरपालुवा बाँदरले स्कूले छात्रालाई हमला गरेपछि उक्त झगडा सुरु भएको हो । रिसाएका छात्राको परिवारले जवाफी हमला गरेपछि २० जनाको मृत्यु भएको छ ।

सुरुवाती झगडामा बाँदरसहित तीन मानिसको मृत्यु भएको छ ।

खबरका अनुसार दुबै जनजातीबिच ट्यांकी, रकेट, मोर्टार र भारी हतियारको प्रयोग गरी झगडा भएको छ जसमा ५० जना घाइते भएका छन् ।

यो बाँदर गद्दाफा जनजातीको थिए । यहाँका जनजाती लिबियाका पूर्व शासक मुअम्मर गद्दाफीको समूदायसँग सम्बन्धित छन् ।

यो घटनामा मृत्यु हुने व्यक्तिको संख्या बढ्ने आशंका गरिएको छ किनभने सुलेमान समुदायका मृत्यु हुने व्यक्तिको मात्र खबर अहिलेसम्म सार्वजनिक भएको छ ।

केही रिपोर्टका अुनसार बाँदरले ती छात्राको हिजाब तानेको र टोकेको थियो ।

दुबै जनजातीबिच थुप्रै वर्षदेखि मनमुटाव चलिरहेको थियो ।

लिबियाको दक्षिणको उपेक्षित इलाकामा रहेको सबा प्रवासीहरुलाई हतियारको तस्करको रुपमा चिनिन्छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया