अभिनेत्री अशिष्माले चार्टर एकाउन्टेन्टसँग कसिन् लगनगाँठो

६ बर्ष अगाडि

काठमाडौं – अभिनेत्री अशिष्मा नकर्मीे बिबाह बन्धनमा बाँधिएकी छन् । रिल लाइफमा थुप्रै बिबाह गरिसकेकी नकर्मीले भने रियल बिबाह गरेकी हुन् । 
सँयुक्त राज्य अमेरिका बस्दै आएका काठमाडौं नयाँ बानेश्वर निवासी चार्टर एकाउन्टेन्ट नविन प्रधानसँग उनले सोमबार कालिमाटी स्थित एक ब्यैङकेटमा नेवारी परम्परा अनुसार लगनगाँठो कसेकी हुन् ।
भाईको माध्यमबाट  भेट भएका नविनसँग एक सातामै बैबाहिक सम्बन्धमा गास्ने निणर्य गरेको अभिनेत्री अशिष्माले बताइन् । उनले बिबाह भोज पनि सोमबार बेलुकानै दिएकी छन् । भोजमा कलाकार पत्रकार र चलचित्रकर्मीको बाक्लो उपस्थिती रहेको थियो । 
‘अन्तराल’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी उनले अर्धकट्टी, राघव, तोरी लाउरे, लभ यु बाबा, बाटो मुनिको फूल २, संरक्षण लगायतका चलचित्रमा अभिनय गरेकी छन् । यति नै संख्याका नेवारी चलचित्रमा पनि अभिनय गरेकी उनले करिब डेढ सय म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । विवाहपछि चलचित्र अभिनयमा रहने नरहने उनले केही बताएकी छैनन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया