एकाएक ठाकुर पक्षको बैठक स्थगित

५ बर्ष अगाडि

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा रहेका तत्कालीन तमलोपाका नेता तथा कार्यकर्ताको बैठक स्थगित भएको छ ।

राजपा नेपालको संयोजकबाट महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतो नयाँ संयोजक बनेपछि सो पार्टीमा विवाद चुलिएकै बेला आन्तरिक छलफलका लागि भन्दै ठाकुर पक्षले छुट्टै बैठक बोलाएको थियो । 
राजपा नेपालका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालको सक्रियतामा बैठक बोलाइएको  थियो । 

तर, उनै लालले विजुलीवजारस्थित तत्कालीन तमलोपाको कार्यालयमा विहान ११ बजे बोलाइएको बैठक स्थगित भएको भन्दै नेताहरुलाई फोन गरेर जानकारी गराएको एक नेताले बताए । 

यसबारे उपाध्यक्ष लाले बृहद् रुपमा छलफल गर्न लागेको तर गुटको भेला भन्दै गलत प्रचार भएकाले तत्कालका लागि बैठक स्थगित गरिएको प्रतिक्रिया दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया