सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँट, कसले कति पाए ?

५ बर्ष अगाडि

सामुदायिक लघुवित्तको आइपिओ आज बाँडफाँट भएको छ । आवेदन दिएका २७ हजार ३ सय जनाले १० कित्ता आइपिओ पाएका छन् भने ६ सय ६९ जनाको आवेदन रद्द भएको छ । 

सामुदायिकको आइपिओमा १ करोड ६५ लाख ७७ हजार १ सय १० कित्ताका लागि २ लाख ५५ हजार ३ सय १६ जनाले आवेदन दिएका थिए । कम्पनीले मंसिर २ गतेदेखि ५ गतेसम्म ३ लाख कित्ताका लागि आवेदन खुला गरेको थियो । 

यसमा १२ हजार कित्ता सेयर कर्मचारीका लागि र १५ हजार कित्ता सेयर म्युचुअल फण्डलाई छुट्याएको थियो । र, बाँकी रहेको २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो ।  आइपिओ बिक्रि संगै सामुदायिकको चुक्तापुँजी १० करोड रुपैयाँ पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया